लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २६- विवाहका लागि उपयुक्त जोडीको खोजीमा हुनुहुन्छ? कसैलाई जोडी खोजिदिन आग्रह गर्नुभएको त छैन? जोडी मिलाइदिने अनलाइन साइटतिर आँखा डुलाउँदै पो हुनुहन्छ कि? हो भने अब तपाईं आफैले जोडी खोज्ने वा अरूलाई जोडी खोजिदिन आग्रह गर्ने झन्झट नउठाए हुन्छ। तपाईंले उपयुक्त वर वा वधु अब व्यावसायिक लमीले खोजिदिनेछ।विवाह गर्ने उमेर पुगेका र इच्छा भएकालाई उपयुक्त उम्मेदवार खोजिदिने व्यावसायिक संस्था नेपालमै सञ्चालनमा छन्। केही वर्ष पहिलेदेखि इन्टरनेटमार्फत जोडी भेट्टाइदिने संस्था खुलेका भए पनि व्यक्तित्वको मूल्यांकन गरी जोडी मिलाइदिने व्यावसायिक संस्था भने भर्खरै सञ्चालनमा आएको छ।
'म्याट्रिमोनियल' (विवाहका लागि लमीको काम गर्ने) संस्थाका रूपमा सञ्चालनमा आएको ग्लोबल हर्ट लिंकले व्यक्तित्व मूल्यांकनका आधारमा जोडी खोजिदिने कार्य थालेको छ।'केही अनलाइनले केटाकेटीको तस्बिर राखेर डेटिङ मिलाइदिने गरेका थिए,' ग्लोबल हर्टका सञ्चालक विश्व थापाले भने, 'तर हामी त्यसरी सस्तो रूपमा नभई दाम्पत्य जीवन सफल बनाउने गरी जोडी मिलाइदिन्छौं।'
शुक्रबारदेखि औपचारिक सञ्चालनमा आएको कम्पनीले कानुनी परिधि र सामाजिक मूल्यमान्यताभित्र रहेर मात्र लमीको काम गर्ने जनाएको छ। 'हामी वेबसाइटमा तस्बिर र सबै प्रोफाइल राखेर जोडी खोज्ने होइन,' थापाले भने, 'हाम्रोमा दर्ता भएकाको विवरण गोप्य रहनेछ।' व्यक्तिगत विवरण गोप्य राखे पनि संस्थाले टेलिफोन र इन्टरनेटमार्फत उमेदवारलाई दर्ता गर्न मिल्ने व्यवस्था गरेको छ।
विवाहका लागि जोडी खोज्नेले अन्यत्र जस्तो वेबसाइटमा विवरण राखेर हुँदैन। कम्पनीको अफिसमा गएर अन्तर्वार्ता नै दिनुपर्छ। 'हामी उसको मनोवैज्ञानिक र व्यावहारिक परीक्षा लिन्छौं,' कम्पनीका अर्का सञ्चालक कमल अग्रवालले भने, 'उनीहरूको योग्यता हेर्न शैक्षिक प्रमाणपत्रको प्रतिलिपि हेर्छौं।' यसरी दर्ता गर्न आएकाको विवरण आपसमा तुलना गरेर वरवधुलाई उपयुक्त हुने जोडीबारे सुझाव दिने उनले बताए। व्यक्तित्व मूल्यांकनका लागि कम्पनीले कम्प्युटर सफ्टवेयरको विकाससमेत गरेको छ।
वरवधुको जोडा मिलाउँदा धर्म, संस्कृति, जात, पारिवारिक वातावरणजस्ता पक्षमा ध्यान दिइनेछ। यतिमात्र होइन, संस्थाले बरवधुको कुण्डलीसमेत जुराइदिनेछ। यसका लागि ग्राहकले सुरुमा दर्तावापत ५ सय तिरे पुग्छ। अन्य कार्यका लागि शुल्क नतोकिएको सञ्चालक थापाले बताए। सुरुमा दर्ता हुन आउने ५० जना र कलाकार एवं पत्रकारलाई विशेष छुटको व्यवस्था गरिएको ग्लोबल हर्टले जनाएको छ।
नेपालकै विभिन्न स्थानमा रहेर जोडीको खोजी गर्ने र विदेशमा रहेका नेपालीलाई लक्ष्य गरी यस्तो संस्था सञ्चालनमा ल्याएको थापाले बताए। नेपालमा ग्लोबल हर्ट पहिलो यस्तो संस्था भएको उनको दाबी छ। यसरी व्यक्तित्व परीक्षण गरेर विवाह गराइदिने संस्था नभएपनि नेपाली र विदेशीबीच विवाह गराउने प्रयोजनका लागि भने केही वर्षदेखि म्यारिज ब्युरो सञ्चालनमा छन्।भारतमा भने सादी, जीवनसाथी, भारत म्याट्रिमोनियलजस्ता संस्थाले जोडी मिलाइदिने काम गर्दै आएका छन्। उनीहरूले हज्जारौंको जोडी मिलाइसकेको दाबी वेबसाइटहरूमार्फत गरेका छन्।

No comments:
Post a Comment