News

Jul 12, 2010

बहुमतीय सरकार गठन गर्ने निष्कर्ष

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २८- राष्ट्रिय सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिन केही घण्टा मात्र बाँकी रहँदा बसेको मुख्य तीन दलका शीर्ष नेताको बैठकले सहमतीय सरकारको सम्भावना क्षीण भएको भन्दै बहुमतीय सरकार गठन गर्ने निष्कर्ष निकालेको छ। प्राविधिक रुपमा बहुमतका आधारमा सरकार गठन हुने भए पनि त्यसलाई सहमतीको स्वरुप दिन प्रयास गरिने नेताहरुले बताए। 'सरकार प्राविधिक रुपमा बहुमतीय बन्ने भए पनि सहमतिको स्वरुप दिने प्रयास हुनेछ'- बैठकस्थलबाट बाहिरिएका एमाले अध्यक्ष झलनाथ खनालले नागरिकन्युजसँग भने।
संविधानसभा भवनमा तीन दलको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा तथा एमाले अध्यक्ष झलनाथ खनाल सहभागी थिए।
राष्ट्रिय सहमतिको सरकार नबन्ने भएपछि अब संविधानको धारा ३८ (२) अनुसार बहमुतका आधारमा सरकार गठन हुनेछ। त्यसका लागि राष्ट्रपति रामवरण यादवले फेरि दलहरुलाई आह्वान गर्नेछन्।
राष्ट्रिय सहमतिको सरकार गठनका लागि राष्ट्रपति रामवरण यादवले थप पाँच दिनको समय सकिन केही घण्टा बाँकी रहँदा दलहरु बहुमतीय आधारमा सरकार गठनको पुगेका हुन्।

No comments: