लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ २८ - अर्थमन्त्री सुरेन्द्र पाण्डेले काम चलाउका लागि १ सय अर्व २१ करोड ७२ लाख ८० हजार रुपैयाँको अंशिक बजेट प्रस्तुत गरेका छन् । उनले सोमबार संसदको बैठकमा कुल बजेटको एक तिहाइ बराबरको बजेट प्रस्तुत गरेका हुन् । बजेटसाथै संञ्चित कोषको रकम झिक्ने र खर्च गर्ने विद्येयक पनि पेश गरिएको छ । प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिइसकेको तर नयाँ सरकार बन्न नकसेको अबस्थामा काम चलाउ सरकारका अर्थ मन्त्रीको हैसियतले काम चलाउन बजेट ल्याएका हुन् ।
बिशेष गरेर भइरहेका कामहरुलाई निरन्तरता र प्रशासनलाई सुचारु गर्न तलव भत्तालगायत नरोकियोस् भनेर यस प्रकारको बजेट ल्याएका हुन् । यस बजेटले राजस्व दरमा वा विकास नया परियोजनाहरुमा कुनै किसिमको प्रभाव पार्ने छैन । यसैबीच बैठकले आवश्यक सेवा कार्यहरुको संचित कोषको रकम झिक्ने र खर्च व्यवस्था गर्ने बिधेयक सर्वसम्मतिले पारित गरेको छ ।

No comments:
Post a Comment