लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साजीवनी मिडिया सर्भिस प्रालिको आयोजना तथा मुभी हाउस प्रालिको इभेन्ट मेनेजमेन्टमा राजधानीमा बिएफ डियर हिल हृयान्डसम नेपाल नामक पुरुष सौन्दर्य प्रतियोगिता हुने भएको छ।पुरुष सौन्दर्य र क्षमताको यो प्रतियोगितामा १६ देखि ३० वर्षसम्मका पुरुषले स्पर्धा गर्न सक्ने कार्यक्रम संयोजक सन्तोष सापकोटाले जनाकारी गराए। प्रतियोगिताबाट युवाहरुले देश निर्माणका लागि सघाउ पुर् याउने विश्वास आयोजकको छ। यो प्रतियोगिता युवाहरुका लागि आफ्नो प्रतिभा र क्षमता प्रदर्शन गर्ने उचित अवसर हुन सक्ने विश्वास व्यक्त गरिएको छ। प्रतियोगितामा देशभरका नेपाली युवाले भाग लिन सक्नेछन्। देशका प्रमुख १३ शहर बिर्तामोड धरान वीरगाज गोर्खा बुटवल बाग्लुङ इलाम धनगढी जनकपुर चितवन काठमाडौं पोखरा र नेपालगाजमा अडिसन गरी राजधानीमा अन्तिम स्पर्धा गराइने आयोजकले जनाए। स्पर्धीहरुलाई फेसन स्टाइल हेयर एन्ड मेकअप शारीरिक तन्दुरुस्ती व्यक्तित्व विकास नेतृत्व क्षमता जीवनशैली सूचना र प्रविधि अभिनय स्वास्थ्य र सामाजिक सचेतनका विषयमा प्रशिक्षण प्रदान गर्ने व्यवस्थासमेत मिलाइएको छ। प्रतियोगिताको अन्तिम स्पर्धा आगामी असोज ९ गते शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ।
No comments:
Post a Comment