News

Jun 14, 2008

दलहरूबीच सहमति हुन नसक्दा राजनीतिक गतिरोध यथावत्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सेना समायोजन, शक्ति बाँडफाँडलगायतका विषयमा राजनीतिक दलहरूबीच सहमति हुन नसक्दा राजनीतिक गतिरोध यथावत् रहेको छ। माओवादीले आफना सेनालाई समूहगत प्रवेश गराउनुपर्ने भनेको छ भने नेपाली कांग्रेसलगायत अन्य दलले सेनामा आवश्यक पर्ने योग्यता पुगेमा मात्र संलग्न हुन सक्ने धारणा राखेका छन्।सुरक्षापरिषद्को संरचना, संवैधानिक परिषद्मा विपक्षी दलको नेता रहने/नरहनेजस्ता विषयमा पनि दलहरूबीच सहमति हुन सकेको छैन।आगामी ४ गतेभित्र सहमति हुने र नयाँ सरकार बन्ने भनिए पनि दुइ दिनयता दलहरूको बैठकसमेत बस्न सकेको छैन। कार्यदलमा सहमति नभएपछि शीष बैठक बस्ने भनिएको छ तर शीर्षक बैठक कहिले बस्ने भन्ने समयसमेत तय नभएको नेताहरूले बताएका छन्।असार ४ गतेसम्म सहमति नभए सरकार छोड्ने जानकारी माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई गराइसक्नुभएको छ।राजनीतिक गतिरोधकै बारेमा माओवादी नेता वर्षान पुन अनन्त’ले सरकार गठनअघि सेना समायोजनको कुरा ल्याइनु माओवादीको नेतृत्वमा सरकार बन्न नदिने खेल भएको टिप्पणी गर्नुभएको छ। रिपोर्र्टर्स क्लबद्वारा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै अनन्तले भन्नुभयो- माओवादीलाई सरकारमा जान बाधा खडा गर्न शान्ति सम्झौताविपरीत सेना समायोजनको अपव्याख्या गरिएको छ।¬उहाँले सेना समायोजनका सम्बन्धमा विस्तृत शान्ति सम्झौतामा उल्लेख भइसकेकाले राजनीतिक गतिरोध अन्त्यका बेला बखेडा झिक्न नमिल्ने बताउनुभयो। उहाँले अन्य दलले राष्ट्रपति पद पाउनका लागि सेना समायोजनको र्सत उठाएको आरोप लगाउनुभयो। उहाँले असार ४ गतेभित्र माओवादी नेतृत्वमा सरकार बन्ने वातावरण नबने माओवादी मन्त्रीले राजीनामा दिएर नयाँ सरकार बनाउन मार्ग प्रशस्त गर्ने बताउनुभयो।अनन्तले भन्नुभयो- यो घुर्की होइन, बाटो खुला गर्न लागेका हौं।’कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सेना समायोजनको विधि र प्रक्रिया नबनी नयाँ सरकार बन्न नसक्ने जिकिर गर्नुभयो। एमाले नेता भीम रावलले मापदण्ड पुगेकालाई मात्र सेना बनाउन सकिने बताउँदै माओवादी सेनालाई नेपाली सेनामा मात्र नभएर हरेक क्षेत्रमा विकल्प खुला राखिनुपर्ने बताउनुभयो। राष्ट्रिय जनशक्ति पार्टी सहअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सेना समायोजनसम्बन्धी दलबीच छुट्टाछुट्टै धारणा आउनु नै प्रमुख बाधक भएको बताउनुभयो।एक छुट्टै कार्यक्रममा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सेना समायोजनबारे सञ्चारकर्मीको जिज्ञासामा भन्नुभयो- सेना व्यवस्थापन जतिसक्दो चाँडो गर्नुपर्छ तर यसलाई सरकार गठनसँग जोडेर हेरिनुहुँदैन।’ उहाँले पहिले राष्ट्रको मूल नीति तयार गर्नुपर्ने र त्यसैअर्न्तर्गत सुरक्षा नीति र माओवादी सेनाको व्यवस्थापन गर्नुपर्ने धारणा राख्नुभयो।अध्यक्ष यादवले वर्तमान राजनीतिक सन्तुलन मिलाउन प्रधानमन्त्री र राष्ट्रपति पद पहाड र तर्राई मधेसबाट फरकफरक ठाउँको हुनुपर्ने बताउनुभयो।

No comments: