News

Jun 9, 2008

मलेसियामा नुमाफुङबारे अन्तक्रिया

लिम्वूवान डट व्लगस्पोट डटकम,देवेन्द्र खापुङ लिम्बू
क्वालालम्पूर । किरात याक्थुङ चुम्लुङ, मलेसिया र पाँचथरे सम्पर्क समाजको संयुक्त आयोजनामा हुन लागेको नेपाली कथानक चलचित्र नुमाफुङ -सुन्दर फुल) को प्र दर्शन सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम हालै यहाँ सम्पन्न भएको छ । नेपाल तमू समाजका तर्फबाट पूर्व अध्यक्ष बल तमू, अध्यक्ष याम तमू, प्रवासी मगर संघको तर्फबाट अध्यक्ष खुम राना मगर, प्रवासी तामाङ घेदुङका अध्यक्ष अमर लामा, किरात याख्खा छुम्माका कोषाध्यक्ष जीवन देवान गाउँले, किरात र्राई यायोख्खाका सञ्जय र्राई छुच्चा, अनेसास मलेसियाका सचिव दिव्य चूरा भाइ, अनाम मण्डलीका अध्यक्ष श्रीजनश्री र इलामेली जनसम्पर्क मञ्चका अध्यक्ष बुद्धहाङ लावतीको उपस्थितिमा सो अन्तक्रिया कार्यक्रम सम्पन्न भएको थियो । लिम्बु संस्कृतिमा आधारित रहेको चलचित्र नुमाफुङ नेपाली भाषामै रहेको र लिम्बू संस्कृतिका विवाह, मृत्यु र जारीसम्बन्धी रितिथितिहरूलाई सटिक ढंगमा प्रस्तुत गरिएको छ । ओस्कारको लागि समेत नेपालबाट पठाउनुपर्ने कुरा चलचित्र समिक्षक डा. प्रदिप भट्टर्राईले पहल गरेता पनि ढिलो भएकोले समावेस हुन सकेको थिएन । तथापी विभिन्न देशमा उत्कृष्ठ तथा दर्शक छनौट पुरस्कारबाट यो चलचित्र पुरस्कृत भएको छ ।
एउटा फरक तथा हेर्नैपर्ने चलचित्र भनेर नाराअंकित र नेपाली चलचित्रकासबाट विश्व परिवेशमा प्रतिनिधित्व गर्न सफल एकमात्र चलचित्र नुमाफुङलाई मलेसियामा पनि भव्यताका साथ सम्पूर्ण नेपालीहरूलाई हेराउनको निमित्त पहल गर्ने सम्पूर्ण संघसस्थाहरूबाट प्रतिवद्धता भएको थियो । प्रत्येक नेपालीहरूलाई चलचित्र हेर्ने वातावरण बनाउनको लागि चाडै नै पत्रकार सम्मेलन गरी व्यापक रूपमा प्रचार प्रसार गर्नुपर्ने पनि औंल्याइएको थियो । क्वालालम्पूरको कोतारायास्थित निर्माणधिन रेष्टुरेन्ट द गोर्खाजको हलमा सम्पन्न उक्त अन्तक्रियाको लागि चुम्लुङको तर्फाट अध्यक्ष जीतमान लिम्बू, देवेन्द्र खापुङ लिम्बू, इन्द्र लुम्फुङवा लिम्बू, पेशल मावुहाङ लिम्बूले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए भने कृष्ण आङ्देम्बेले चलचित्रलाई मलेसिया ल्याईपुर्‍याउन खेलेको भूमिकाबारे बताएका थिए ।

No comments: