News

Jun 10, 2008

श्रीपेज र राजदण्ड बुझाउने पूर्वराजा ज्ञानेन्द्रले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वराजा ज्ञानेन्द्रलाई नारायणहिटीबाट र्सन दिएको समय सकिनै लाग्दा उनले श्रीपेच बुझाएर नागार्जुन दरबार र्सर्ने भएका छन् । गणतन्त्र कार्यान्वयन पछि पूर्वराजा ज्ञानेन्द्रसँग रहेको श्रीपेच र राजदण्ड सरकारलाई बुझाउन ताकेता गर्न गएको सरकारी टोलीलाई त्यस्तो जानकारी गराएको बुझिएको छ । दरबारको लागत संकलन तथा सम्पत्ति खोजवीन गर्न गठित समितिका पदाधिकारी र गृहमन्त्रालयका अधिकारीहरू हिजो दरबार गएका थिए । सोही बेला सचिवालयमार्फ सो जानकारी गराएको बुझिएको छ । समितिका संयोजक डा. गोविन्द कुसुमका अनुसार पूर्वराजा ज्ञानेन्द्रले नागार्जुन जानुपूर्व नै श्रीपेज र राजदण्ड बुझाउने जानकारी दिएका छन् । निजी सम्पत्ति भन्दै दरबारले श्रीपेचको लागत नदिएपछि र्सवत्र आलोचना भएको थियो । सरकारको चर्को दबाबपछि ज्ञानेन्द्रले पूर्वयुवराज, पूर्वरानीलगायतले लगाउने श्रीपेचसमेत पत्रकार सम्मेलन गरी सरकारी टोलीलाई बुझाउने सम्भावना रहेको स्रोतको दाबी छ ।
यसैबीच सरकारका दुइमन्त्रीले सोमबार नागार्जुन दरबारको निरीक्षण गरेका छन् । पूर्वराजाले आफ्नो बसोबासका लागि गरेको आग्रहअनुसार सरकारले अर्को व्यवस्था नभएसम्मका लागि बस्न दिएको नागार्जुन दरबारको वस्तुगत अवस्था बुझ्न गृहमन्त्री कृष्ण सिटौला र सञ्चारमन्त्री कृष्णबहादुर महरा त्यहाँ पुगेका थिए । उनीहरूले बाहिरबाट हेर्दा वा सुन्दा सोचेजस्तो भव्य नभएको टिप्पणी गरेका छन् । ६ वटा ऋतुको नामबाट राखिएको बंगला सामान्य टिनको छाना र भित्री सजावट पनि सामान्य नै रहेको बताइएको छ । राणा कालदेखि राजपरिवारले प्रयोगमा ल्याएको सो दरबारमा पहिलोपल्ट र्सवसाधारणले प्रवेश पाएका छन् । पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुन र्सन तीन दिनको समय बाँकी रहेकाले आज र भोलिमा सरिसक्नुपर्ने छ । नागार्जुनमा रहेका १० वटा बंगलामध्ये शरदवास, हेमन्तवास र वर्षावास शाही परिवारले प्रयोग गर्दै आएका थिए भने बाँकी बंगलामा सचिवालय, गेष्टहाउस, कर्मचारी, ब्वाइज क्वार्टर र नानी क्वार्टरलगायत रहेका छन् । २५ रोपनीमा फैलिएको सो बंगला २०४१ सालमा पुननिर्माण गरिएको थियो । उता, ज्ञानेन्द्रकी आमा रत्न र हजुरआमा सरलालाई निवासका लागि नारायणहिटी नै उपलब्ध गराउने सरकारी निर्णय मानवीय समवेदनाका आधारमा नारायणहिटीको २ वटा भवन दिन लागिएको गृहमन्त्री सिटौलाले बताए । सरकारी विश्वस्तसूत्रका अनुसार ज्ञानेन्द्रले आज श्रीपेच बुझाएर भोलि नागार्जुन जानसक्ने तयारी भइरहेको बताइए पनि पूर्वराजा निकट सूत्रले उनको आउँदो शुक्रबार मात्रै नारायणहिटी छाड्ने दिन जुरेको छ ।

No comments: