News

Jun 13, 2008

संविधानसभामा नेकपा (एमाले) को बढी खर्च

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाको समानुपातिक प्रणालीतर्फसबैभन्दा बढी खर्च नेकपा (एमाले) ले गरेको छ । गत वैशाख २६ गते निर्वाचन आयोगले निर्वाचनको अन्तिम नतिजा र्सार्वजनिक गरी ३५ दिनभित्र राजनीतिक दललाई खर्च विवरण पेश गर्ने भनेको बिहीबार अन्तिम दिन थियो । हिजोसम्म निर्वाचनमा ५४ दलले भाग लिएको भए पनि जम्मा २९ दलले मात्र खर्चविवरण पेश गरेका छन् । बाँकी २५ दलले विवरण पेश नगरेको आयोगले जनाएको छ । आयोगले निर्वाचनमा तेस्रो स्थान ल्याएको एमाले सबैभन्दा बढी खर्च गरेको, त्यसपछि खर्च गर्नेहरूमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी कांग्रेस, माओवादी रहेका छन् । एमालेले एक करोड ३६ लाख ८० हजार रुपैयाँ खर्च गरेको छ भने राप्रपाले ६५ लाख ३९ हजार रुपैयाँ, कांग्रेसले ५८ लाख ५० हजार रुपैयाँ र माओवादीले ३७ लाख ८४ हजार ३ सय ३२ रुपैयाँ खर्च गरेको विवरण आयोगमा पेश गरेका छन् ।
निर्वाचन आयोग ऐनमा समानुपातिकतर्फएकजना उम्मेदवारले बढीमा ५० हजार रुपैयाँसम्म खर्च गर्ने प्रावधान रहेको छ । आयोगले समानुपातिकमा माओवादीले विजयी भएका एक सयजनाले गरेको खर्च विवरण मात्रै बुझाएको तर कांग्रेस र एमालेले भने समानुपातिक सूचीमा रहेका सबै उम्मेदवारको खर्च विवरण बुझाएको जनाएको छ ।
यसैबीच सबैभन्दा कम खर्च विवरण बुझाउने दल हिन्दू प्रजातान्त्रिक पार्टी रहेको छ । उक्त दलले ३१ रुपैयाँ मात्र खर्च गरेको बुझाएका

No comments: