News

Jun 10, 2008

यातायात व्यवसायीले ४० प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवसायीले आज बुधबारदेखि लागू हुने गरी र्सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गर्ने भएका छन्। नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा २५ देखि २७ प्रतिशत मूल्यवृद्धि गरेपछि यातायात व्यवसायीले ४० प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णयगरेका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको मंगलबारको आकस्मिक बैठकले गाडीको प्रकृति र दूरीको आधारमा कम्तीमा ३० देखि ४० प्रतिशतसम्म भाडा बढाउने निर्णयगरेको छ।महासंघले लामो दूरीका लागि विद्यमान भाडामा ३० प्रतिशत, छोटो र मध्यम दूरीका लागि ३५ प्रतिशतले भाडा बढाउने निर्णयगरेको छ। मिटर जडित टयाक्सीको भाडामा ३० र एलपी ग्यासबाट चल्ने सवारीसाधनमा ३५ प्रतिशत एवं पर्यटकीय सवारीसाधनको भाडामा ४० प्रतिशत वृद्धि गर्ने निर्णयमहासंघले गरेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेपछि सरकारले मंगलबार नै हामीलाई बोलाएर भाडा वृद्धिको सम्बन्धमा छलफल गर्नुपथ्र्यो, तर अबेरसम्म पनि त्यस्तो संकेत प्राप्त नभएपछि हामीले नै बढाउने निर्णयगर्यौं’ -महासंघका अध्यक्ष दिनेश भण्डारीले भन्नुभयो। र्सार्वजनिक सवारीसाधनका लागि सबैभन्दा महत्त्वपर्ण इन्धन डिजेलमा २४ दशमलव ८० प्रतिशत मूल्य बढेको अवस्थामा व्यवसायीले भने पहिलेको मूल्यवृद्धिलाई समेत समायोजन गर्नका लागि कम्तीमा ३० देखि ४० प्रतिशतसम्म भाडा बढाउने निर्णयगरेका छन्।गत वर्षो साउनमा डिजल प्रतिलिटर ५३ रुपियाँ ५० पैसाबाट ५६ रुपियाँ २५ पैसा हुँदा नै भाडा नबढाइएको र २०५१ सालदेखिकै पेट्रोलियमको मूल्यका आधारमा भाडा समायोजन गर्न बाँकी रहेकाले ४० प्रतिशतसम्म भाडा बढाउने निर्णयभएको महासंघले जनाएको छ। विगतमा यात्रुवाहक सवारीसाधनको भाडा यातायात व्यवस्था विभाग र व्यवसायीहरू बसेर तय गर्ने गरिएकोमा यस पटक व्यवसायीले नै तय गरेका हुन्। महासंघका पदाधिकारीहरूले बढाउने निर्णयभएको भाडादर आगामी दिनमा सरकारसँग वार्तामा बस्दा सौदाबाजी गर्न सकिने ढंगले तय गरिएको र यसमा केही तलमाथि हुनसक्ने संकेत दिएका छन्। ढुवानी भाडा ३० प्रतिशतले बढ्नेउता दैनिक उपभोग्य वस्तुको ढुवानी गर्ने ट्रकको भाडा पनि ३० प्रतिशतले बढाउने तयारी व्यवसायीले गरेका छन्। नेपाल ट्रक टयांकर परिवहन व्यवसायी महासंघका महासचिव श्रीचन्द्र शर्माले सडकको प्रकृतिअनुसार २५ देखि ३० प्रतिशतसम्म ट्रकको ढुवानी भाडा बढाउने गृहकार्य शुरू गरिएको छ। राजमार्ग र लामो दूरीका लागि २५ प्रतिशत, पहाडी मार्गका लागि २५ देखि २८ प्रतिशत र कच्ची सडकका लागि ३० प्रतिशतसम्म भाडा बढाउने प्रक्रिया शुरू गरिएको छ’ -महासचिव शर्माले भन्नुभयो। यद्यपि यात्रुवाहक सवानसाधनको भाडामा सरकारले हस्तक्षेप गर्ने गरेपनि ट्रक एवम् ढुवानीमा प्रयोग हुने सवारीसाधनको भाडादर भने प्रतिस्पर्धाको आधारमा तय हुने गरेको छ।

No comments: