News

Jun 29, 2008

नेकपा माओवादी र नेकपा एमालेबीच विवाद सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शक्ति बाँडफाँडमा पछिल्लो समय सहकार्य गरिरहेका नेकपा माओवादी र नेकपा एमालेबीच विवाद सुरु भएको छ । खासगरी राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा यी दुइ दलबीच अन्योल देखिएको हो । राष्ट्रपतिमा एमाले र कार्यकारी प्रधानमन्त्रीमा माओवादी भन्ने सहमति भइसके पनि कसलाई राष्ट्रपति बनाउने भन्ने विवाद उनीहरुबीच देखिएको हो । यही विवादका कारण शनिबार दुइ दलका शीर्ष नेताबीच भएको वैठक निष्कर्षमा पुग्न सकेन ।एमालेले राष्ट्रपतिका रुपमा पूर्वमहासचिव माधवकुमार नेपालको नाम प्रस्ताव गरेको छ भने माओवादीका केही नेताहरुले मानेका छैनन् । नेपाल संविधानसभा निर्वाचनमा दुइ क्षेत्रबाट पराजित भइ नैतिकताका आधारमा महासचिवबाट समेत राजीनामा दिएको व्यक्ति भएकाले राष्ट्रपति बनाउन उपयुक्त नहुने विचार राखेका छन् ।केही माओवादी नेताले साहना प्रधानलाई राष्ट्रपति बनाउन सकिने बताएका छन् । तर एमाले महासचिव झलनाथ खनाल सहितका नेताहरुले राष्ट्रपति पद पाएपछि कसलाई बनाउने भन्ने निधो पार्टीले नै गर्ने यसमा अरुले हस्तक्षेप गर्न नहुने बताएका छन् । एमालेले आफ्नो अडान राखेपछि माओवादी अध्यक्ष प्रचण्डले पार्टीभित्र सल्लाह गर्ने बताउनुभएको जनाइएको छ ।

No comments: