News

Jun 16, 2008

नारायणहिटी दरबारलाई संग्रहालयमा परिणत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नारायणहिटी दरबारबाट पूर्वराजा ज्ञानेन्द्र शाह बाहिरिएपछि आइतबार विशेष समारोहबीच राष्ट्रिय झन्डा फहराइनुका साथै नारायणहिटी दरबारलाई संग्रहालयमा
परिणत गरिएको छ। नेपाल सरकारका तर्फाट पहिलो पटक नारायणहिटी दरबारमा आयोजित विशेष औपचारिक समारोहबीच राष्ट्रप्रमुखका हैसियतले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दरबारको मूलद्वारसामु तीनवटा राष्ट्रिय झन्डा फहराउनुभएको थियो। झन्डोत्तोलनसँगै नेपाल सरकार नारायणहिटी दरबार संग्रहालय’ लेखिएको बोर्डमा लगाइएको पर्दा उघारिएको थियो।संवैधानिक अंगका प्रमुखहरू, विदेशी कूटनीतिक नियोगका प्रमुखहरू, प्रमुख राजनीतिक नेताहरू, संविधानसभाका सदस्य, नागरिक समाज, विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरू, सञ्चारकर्मी, उच्चपदस्थ अधिकारी, सुरक्षानिकायका प्रमुख, मन्त्रीगणलगायतको उपस्थिति रहेको समारोह निकै उल्लासमय देखिएको थियो।नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक उपलक्ष्यमा आयोजित झन्डोत्तोलन समारोहका पाहुनाहरूले नारायणहिटी दरबारभित्रका सबै भाग हेर्ने इच्छासमेत राखेका थिए। नारायणहिटीको मूल भाग देखिने गरी त्यहाँ पुग्नासाथ तस्वीर खिचाइरहेका विशिष्ट व्यक्तिहरूले गृहमन्त्री कृष्णप्रसाद सिटौलासँग सबै भाग हेर्नका लागि अनुरोधसमेत गरेका थिए तर गृहमन्त्री सिटौलाले नेपाली जनतालाई सबै कोठाकोठा र महत्त्वपूर्ण ऐतिहासिक सामग्रीको अवलोकन गराउने तयारी पूरा हुन अझै दुइ/तीन महिना लाग्न सक्ने जानकारी गराउनुभएको थियो।१ नम्बर कार गेट (राष्ट्रप्रमुखलाई दिइने सुरक्षा) को प्रयोगका साथ नारायणहिटी प्रवेश गर्नुभएका प्रधानमन्त्री कोइरालाले सो स्थानमा राष्ट्रिय झन्डा फहराइनुलाई एक युगमा एक दिन आएको परिवर्तनको संज्ञा दिनुभयो। उहाँले यो झन्डा कहिल्यै झुक्न दिनुहुँदैन भन्दै नारायणहिटीमा फहराएको राष्ट्रिय झन्डा जनताको नासो हो र यसले नेपालीहरू एक भइराखून्, सहमति, सहकार्य र विश्वासका साथ अगाडि बढून् भन्ने सन्देश दिएको उल्लेख गर्नुभयो।प्रधानमन्त्री कोइरालाले सञ्चारकर्मीको जिज्ञासामा कसैसँग राष्ट्रपति देऊ’ भनेर आग्रह गर्ने मान्छे आफू नभएको भनी माओवादीलाई व्यंग्य प्रहार गर्नुभयो। तर आफू राष्ट्रपति हुन नचाहेको कुरा भने प्रधानमन्त्री कोइरालाले गर्नुभएन। माओवादीका तर्फाट मन्त्री भएकी हिसिया यमीले चियापानका बेला संविधानसभा निर्वाचनको परिणामलाई स्वीकार गरेर निकास दिनुस् भनी आग्रह गर्दा प्रधानमन्त्री कोइरालाले मन्त्री यमीसँग अंकमाल गर्दै ँतपाईंहरूले पनि त मलाई सहयोग गरे हुन्छ नि’ भन्नुभएको थियो।माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टर्राईले सात दलसँग १२बुँदे समझदारी गर्दा अपेक्षा गरिएको उद्देश्य गणतन्त्र कार्यान्वयनपछिको पहिलो खुड्किलोको रूपमा नारायणहिटीमा भएको झन्डोत्तोलनलाई लिनुपर्छ भन्नुभयो।नेकपा -एमाले) का नेता माधवकुमार नेपालले गणतन्त्र कार्यान्वयनपछि नेपाली जनता पनि नारायणहिटीमा प्रवेश गर्नुले जनताको विजयको शुरुआत भएको भन्ने टिप्पणी गर्नुभयो भने नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आŠना लागि नारायणहिटी दरबार प्रवेश नयाँ नभए पनि आज कसैको निर्देशनबिना भएको प्रवेशले साँच्चिकै बेग्लै अनुभूति गराएको बताउनुभयो।संग्रहालय व्यवस्थापनको कार्य सकिएपछि र्सवसाधारणका लागि नारायणहिटी खुला गरिने जानकारी गृहमन्त्री सिटौलाले नेपाल समाचारपत्रलाई दिनुभएको छ। त्यसका लागि तयारी प्रारम्भ गरिसकिएको पनि उहाँले जानकारी गराउनुभएको छ।

No comments: