News

Jun 16, 2008

प्रमुख तीन दलको बैठक असार ३ गते पुन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजनीतिक सहमति खोज्न बसेको प्रमुख तीन दलको बैठक असार ३ गते पुन बस्नेगरी सकिएको छ । 
माओवादी, नेपाली कांग्रेस र एमाले नेताहरुको बैठक असार ३ गते पुन बस्नेगरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा असार २ गते बिहान ८ बजेदेखि सुरु बैठकमा तीन दलले निर्माण गरेको कार्यदलका सदस्य तथा शीर्ष नेताहरु सहभागी थिए । कार्यदल सदस्य तथा एमाले केन्द्रीय सदस्य भीम रावलले कार्यदलले समाधान गर्न नसकेका बिषयहरुमा आजको बैठक केन्द्रित रहेको जानकारी दिए । कार्यदलको गत साताको बैठकले माओवादी सेनाको समायोजन तथा हतियारको टुङ्गो, माओवादीले कब्जा गरेका जमिन र सम्पति फिर्ता तथा संवैधानिक र सुरक्षा परिषद गठनबारे सहमति निर्माण गर्न सकेको थिएन । बैठकमा सहभागी नेपाली कांग्रेसका सहमहामन्त्री अर्जुननरसिंह केसीले आजको बैठक नकारात्मक नभएको जानकारी दिए । शान्तिसम्झौता अनुसार सेनाको समायोजनबारे छलफल गर्न तथा सेनामा समूहगत प्रवेशबारे सोच्न माओवादी तयार हुने लक्षण देखिएको पनि केसीले उल्लेख गरे । बैठकमा शक्ति बाँडफाँड तथा राष्ट्रपतिबारे छलफल नभएको पनि केसीले जानकारी दिए । बैठकमा सहभागी एमाले केन्द्रीय सदस्य रावलले कब्जा गरिएका सम्पति फिर्ता गर्न माओवादी नेताहरुले सैद्धान्तिक सहमति जनाए पनि ब्यवहारिक कठिनाइ भएको उल्लेख गरेको बताए । सेना समायोजनबारे पनि माओवादी लचिलो देखिएको उनको भनाइ थियो । यद्यपी, सबै बिषयमा अझै टुङ्गो लागिनसकेको पनि उनले जानकारी दिए ।

No comments: