News

Jun 16, 2008

बिहानैदेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सहकर्मीको शनिबार राति रहस्यमय हत्या भएको भन्दै आज बिहानैदेखि टेम्पो चालकहरूले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । सुरक्षाको माग गर्दै उनीहरूले बीच सडकमा टेम्पो तेर्स्याई राजमार्ग अवरुद्ध पारेका हुन् । सुनसरीको इटहरीका टेम्पोचालक ३० वषीय प्रदीप भनिने चन्द्रबहादुर खड्काको शनिबार राति रहस्यमय हत्या भएको थियो ।
को१ह ३०८ नम्बरको टेम्पो चलाउँदै आएका खड्काको शव आइतबार बिहान भेटिएको थियो । उनको साथबाट दुइ प्याकेट कन्डम, दुइ रुपैयाँ र एक बट्टा खुकुरी चुरोट फेला पारिएको थियो । श्रीमती वैदेशिक रोजगारीका लागि विदेश रहेकीले शनिबार राति खड्कालाई मादक पदार्थ सेवन गरी दुइ यौनकर्मी महिलासँग हिँडेको अवस्थामा उनका एक सहकर्मी टेम्पो चालकले भेटाएको भए पनि उनीहरू को हुन् र हत्या कसले गरेका हुन् केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।

No comments: