News

Jun 16, 2008

ऐतिहासिक मकाउ-हङकङ कविगोष्ठी सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
१५ जुन, मकाउ/ नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको खुशीयालीमा ऐतिहासिक मकाउ-हङकङ कविगोष्ठी मकाउको विश्वप्रसिद्घ ब्रोकन चर्चस्थित नेपालीघरमा भव्यताका साथ सम्पन्न भएको छ । सृजनशील साहित्य समाज मकाउको आयोजना र मैत्रिपूर्ण नेपाली संघ मकाउको सहआयोजनामा सम्पन्न उक्त कविगोष्ठीको अध्यक्षता सृसास मकाउका संयोजक कवि चन्द्र सम्बाहाम्फेले गर्नुभएको थियो भने प्रमुख अतिथिहरुमा आदिबासीजनजाति महासंघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङ र सृजनशील अराजकताका प्र वर्तक कवि हाङयुग अज्ञात रहनुभएको थियो । कविगोष्ठीका विषेश अतिथिहरुमा गैरआवासीय एसिया प्यासिफीक क्षेत्रीय संयोजक गणेश इजम, अन्तर्राष्ट्रिय साहित्य समाजका नवनिर्वाचित केन्द्रीय सचिव कवि पशन तमु, आदिबासी गीतकार समाज हङकङका अध्यक्ष कवि तथा गीतकार प्रदीप कन्दङ्वा लिम्बू, एभरेष्ट साप्ताहिकका प्रकाशक तथा सम्पादक किसन र्राई, नेपालडट्एचकेका सम्पादक प्रकाश केसी र खोटाङ सेवा समाजका अध्यक्ष भोगेन्द्र र्राई रहनुभएको थियो । हङकङबाट मकाउ आउनुहुने सबै कविहरुलाई पनि विषेश अतिथिकै आसनग्रहण गराइएको थियो भने एनआरएन मकाउका कोषाध्यक्ष गंगा तामाङ अतिथि हुनुहुन्थ्यो ।
सृसास मकाउका सचिव कवि शरण सुब्बाले सञ्चालन गर्नुभएको मकाउ-हङकङ कविगोष्ठीमा सृसासका सहसंयोजक तोरण र्राईले स्वागत मन्तव्य दिनुभएको थियो भने मैत्रिपूर्ण नेपाली संघ मकाउका अध्यक्ष हर्कबहादुर कुँवरले मकाउका नेपालीहरुले भोगिरहेका समस्याहरुको विषयमा चर्चा गर्दै मकाउ र हङकङका कवि तथा लेखकहरुले आफ्नो रचनामार्फ् प्रवासी नेपालीहरुका समस्यालाई सम्बन्धित निकायसम्म पुर्‍याउनेछन् भन्ने विश्वास व्यक्त गर्दै आफ्नो कविता वाचन गरेर कविगोष्ठीको उद्घाटन गरेका थिए । कविगोष्ठीमा कवि देवेन्द्र खेरेस, कवि कमल पौड्याल, कवि तथा गजलकार अशोक र्राई, कवि लक्ष्मी र्राई-लारा), कवि नीर खड्का, कवि भोगेन एक्ले, कवि प्रदीप कन्दङ्वा लिम्बू, कवि गणेश इजम, कवि पशन तमु, कवि मुक्कुम, कवि हाङयुग अज्ञात र कवि चन्द्र सम्बाहाम्फेले आफ्ना कविताहरु वाचन गरेका थिए । हङकङका वरिष्ठ पत्रकार किसन र्राईले मकाउका नेपालीहरुको समस्या बारे बेलाबेला एभरेष्ट साप्ताहिकले रिपोर्टिङ गरेको भएता पनि पीडित पक्षबाटै रिपोर्टिङ भइदिएको खण्डमा त्यो अझै विश्वसनीयता हुने र एभरेष्ट साप्ताहिकले मकाउका नेपालीहरुको समाचार र सूचनालाई प्राथमिकता दिने विचार व्यक्त गरेका थिए । विषेश कारणवश कविगोष्ठीमा उपस्थित हुन नसकेका हङकङेली नेपाली कवि टङ्क सम्बाहाम्फे, नरेश सुनुवार, मोती चाम्लिङ र प्रकाश छाङ्छाका कविताहरु पनि गोष्ठीमा वाचन गरिएका थिए । खोटाङका वरिष्ठ साहित्यकार तथा पत्रकार र्राई चन्द्र दुमी अकस्मात् बिरामी हुनुभएकोले जान अर्समर्थ हुनुभएको थियो भने वरिष्ठ कवि नारायण रतन्छाली पनि विषेश कामले अन्तिम अवस्थामा मकाउ-हङकङ कविगोष्ठीमा उपस्थित हुन सक्नुभएन । एनआरएन मकाउका कोषाध्यक्ष गंगा तामाङले मकाउमा यसअघि कुनै पनि प्रकारको कविगोष्ठी नभएको र मकाउ-हङकङ कविगोष्ठी नै प्रथम कविगोष्ठी भएको बताउँदै आगामि दिनमा यसप्रकारका कार्यक्रमहरु अझ बृहत रुपमा आयोजना हुँदै जाने विश्वास व्यक्त गरेका थिए ।
खोटाङ सेवा समाजका अध्यक्ष भोगेन्द्र र्राईले मकाउमा करारमा आएका नेपालीहरुको समस्यालाई हङकङेली नेपालीहरुले आफ्नै समस्याका रुपमा लिदैं सहयोग गर्नुपर्ने विचार व्यक्त गरेका थिए भने कवि शरण सुब्बाले चीनको सिचुवानमा भुकम्पले मर्माहत मानवीय संवेदनामा आधारित कुनै अनाम कविको अङ्ग्रेजी कविता वाचन गरेर स्तब्ध बनाएका थिए । कार्यक्रमका प्रमुख अतिथि आदिबासीजनजाति महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङले राज्यले उपेक्षित गरेका मानिसहरुमा चेतना फैलाउँदै आत्माआन्दोलनमा अभ्रि्रे रित गर्ने काम साहित्यले अत्यन्तै प्रभावकारी रुपमा गर्नसक्ने हुँदा आदिबासीजनजाति महासंघले स्रष्टाहरुलाई पनि आफ्नो आन्दोलनमा समावेश गर्दै जाने विचार व्यक्त गर्नुभएको थियो । अर्का मुख्य अतिथि कवि हाङयुग अज्ञातले आफ्ना दुइ कविताहरु वाचन गर्दै नेपाली साहित्यिक आन्दोलन सृजनशील अराजकताको विषयमा छोटो व्याख्या गर्नुभएको थियो । यस्सै सर्न्दर्भमा कवि अज्ञातले भन्नुभयो- 'सप्पै जातजातिहरुको जीवन र जगत र साँस्कृतिक संस्कार र स्वभावहरु सजाइएको साहित्य मात्रै वास्तविक नेपाली साहित्य हो, तेसैले साहित्यमा हामीले आफ्ना सामाजिक र साँस्कृतिक बिम्बहरुलाई लेख्नुपर्छ ।'
मकाउ-हङकङ कविगोष्ठीका स्वयम्सेवक तथा व्यवस्थापक नन्द गुरुङले हङकङका कवि, पत्रकार तथा बुद्घजिीविहरु मकाउ आएर मकाउका नेपालीहरुको सम्मान भएको कुरा बताउँदै मकाउ र हङकङलाई कविताले नजिक बनाएको विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रमका अध्यक्ष तथा सृसास मकाउका संयोजक कवि चन्द्र सम्बाहाम्फेज्यूले आगामि दिनहरुमा पनि यसप्रकारका सिर्जनशील साहित्यिक कार्यक्रमहरु आयोजना गर्ने प्रतिबद्घता जनाउँदै कार्यक्रमको समापन गर्नुभएको थियो ।

No comments: