News

Jun 10, 2008

कार्यदल बिना निश्कर्ष टुङ्गियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी, नेपाली कांग्रेस र एमालेले बनाएको कार्यदलको बैठक सेना समायोजनबारे निश्कर्ष निकाल्न नसकेपछि अर्को बैठक कहिले बस्नेसमेत टुङ्गो नलगाई सकिएको छ । राजनीतिक सहमति बनाउन प्रमुख तीन दलले बनाएको कार्यदलको बैठक कुनै निश्कर्ष ननिकाली सकिएको छ । जेठ २८ गते दिउँसो सिंहदरवारमा बसेको माओवादी, नेपाली कांग्रेस र एमाले नेताहरुको ६ सदस्यीय कार्यदलको बैठक सेना समायोजनबारे सहमति नबनेपछि अघि बढ्न नसकेको नेपाली कांग्रेस नेता तथा कार्यदल सदस्य डा. प्रकाशशरण महतले बताए । बैठकमा उठेका कुरा पार्टी नेतृत्वसमक्ष राखेपछि कार्यदलको बैठक थप बस्ने या नबस्ने टुङ्गो लाग्ने उनले उल्लेख गरे । महतले बताए अनुसार, नेपाली कांग्रेसले योग्यता पुगेका माओवादी जनमुक्ति सेनालाई मात्र सुरक्षा बलमा समायोजन गर्ने अडान राखेको थियो भने माओवादीले राष्ट्र संघले प्रमाणित गरेपछि योग्यता पुगेको ठहर हुने तर्क गर्दै सबैलाई समायोजन गर्नुपर्ने धारणा राखेको थियो । माओवादी नेता तथा कार्यदल सदस्य देव गुरुङले अन्य दलले सेना समायोनबारे तत्काल खाका बनाउने अडान राखेको तर आफूहरुले मन्त्री परिषदको समितिलाई त्यसको जिम्मा दिने धारणा राखेको बताए । यसैगरी, संवैधानिक परिषद र सुरक्षा परिषद गठनबारे पनि बैठकमा सहमति नभएको महतले बताए । आजै बिहान भएको बैठकपछि बैठकका सहभागिले तीन बिषयबाहेक सबैमा सहमति भइसकेको र सहमतिको ड्राफ्ट तयार हुँदै गरेको बताएका थिए ।

No comments: