News

Jun 15, 2008

नारायणहिटीमा राष्ट्रिय झण्डा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजाहरुको बासस्थान रहदै आएको नारायणहिटीमा राष्ट्रिय झण्डा राखिएको छ तथा त्यसलाई संग्राहलय बनाइएको छ । राजाको बासस्थान रहदैआएको नारायणहिटी दरवारलाई 'नारायणहिटी दरवार संग्राहलय' बनाइएको छ तथा त्यहाँ राष्ट्रिय झण्डा राखिएको छ । जेठ १५ गते संविधानसभा बैठकले गणतन्त्र कार्यन्वयनको घोषणा गर्नुअघि त्यहाँ राजाको झण्डा राखिन्थ्यो । जेठ १६ गते नारायणहिटीबाट राजाको झण्डा हटाइएको थियो भने जेठ २९ गते पूर्व राजा ज्ञानेन्द्रले नारायणहिटी दरवार छाडेका थिए ।
असार १ गते झण्डोत्तोलन तथा संग्राहलय उदघाटन गर्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपालीहरुको एकताको प्रतिक राष्ट्रिय झण्डा कहिल्यै नझुकोस् भन्ने कामना गरे । मुलुकमा गणतन्त्र स्थापना भएकोमा खुसी ब्यक्त गर्दै प्रधानमन्त्रीले गणतन्त्र स्थापनामा पूर्व राजाको पनि सहयोग रहेको धारणा ब्यक्त गरे । कार्यक्रममा प्रधानमन्त्रीले गणतन्त्र स्थापनापछि अब आफ्नो इच्छा मुलुकमा नयाँ संविधान बनोस् भन्ने रहेको उल्लेख गरे । 'मुलुकमा नेपालीपनसहितको संघीयता होस्, बिदेशीले पनि नेपालीपनसहितको संघीयता स्थापनामा सहयोग गरुन्' प्रधानमन्त्रीले भने ।
झण्डोत्तोलन कार्यक्रममा संवैधानिक अंगका प्रमुख, मन्त्री, राजनीतिक दलका नेता तथा नेपालस्थित बिदेशी कुटनीतिज्ञहरुको उपस्थिति छ । कार्यक्रममा बोल्दै गृहमन्त्री कृष्णप्रसाद सिटौलाले नारायणहिटीमा रहेका महत्वपूर्ण सामानहरुको सुरक्षा बन्दोबस्त मिलाएपछि सर्वसाधारणका लागि संग्राहलय खोलिने जानकारी गराए ।

No comments: