News

Jun 12, 2008

हङकङमा मादेनहरुको फेरि जमघट

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ,चन्द्र मादेन
हङकङ जुन ८ तारिक, मादेन (याक्थुङ) उत्थान सेवा समिति हङकङको आयोजनामा वृहत मादेन जाति अर्न्तर्गतका छोरी चेली ज्वाई चेला र भानाभान्जाहरुको सयुक्त भेटघाट एवं वी.वी.क्यु स्थानीय चिनमुन वटरफ्लाइज पार्कमा सम्पन्न भएको छ ।समितिका अध्यक्ष राजकुमार मादेनको सभापतित्वमा प्रमुख अतिथि नेपाली साहित्य प्रतिष्ठान हङ्कङका अध्यक्ष एवं लिम्वुवान ब्लकस्पोर्ट डट कमका सम्पादक टंक सम्वाहाम्फे, साउथन डेमोक्रेसी एलायन्स पार्टी हङकङका अध्यक्ष जेम्स लङवाईमान (चाईनीज) र ज्वाई चेलाहरु नेपाली शेनाका पुर्व लेप्टेनेन शरद थापा -वगाले) र नेपाली लोतान्त्रिक गणतन्त्रमोर्चा हंकङका गगां कार्कीले सम्वोधन गर्नु भएकाथियो । सम्वोधकहरु प्रमुख अतिथि र अतिथि महानुभावहरुलाई मञ्चमा आसन ग्रहण पश्चात मादेन परिवारकी सुकन्या चेलीहरुद्धारा फूलका माला र गुच्चाहरुले स्वागत गरिएको थियो ।
उक्त कार्यक्रममा प्राथमिक तहमा अध्ययनरत सातवर्षो निङ्वा शक्ति मादेन द्धारा वाल कविता वाचन सुनाइएको थियो भने सो समिति (मापउसेस) का महासचिव चन्द्र मादेन द्धारा कार्यक्रम सचांलन गरिएको उपस्थितजनहरुलाई कृयाशिल सदस्य नारायण मादेनद्धारा स्वागत मन्तव्य गरिएको थियो ।स्मरणिय रहोस मादेन -याक्थुङ) परिवार उत्थान सेवा समिति हङकङ इ.स.२००१ मा गठन भएको हो । जस्ले मादेन परिवारसंग सम्वन्धित मात्र नभएर लिम्वु याक्थुङ्वा समुदाय लगायत सम्पुर्ण नेपाली दाज्यु भाई दिदी वहिनीहरुसंग दुख सुख साटासाट गदै आईरहेका छन् । उक्त समितिको सल्लाहकारहरु व्रिर्टिश पुर्व लेप्टेन् खड्क व.मादेन,एएसएफ सेक्युरिटिका अधिकृत अमर व. मादेन र समाजसेवी कृष्ण वं मादेन हुनुहुन्छ भने । कोषाध्यक्षमा पुर्व लेप्टेन किर्तिमान मादेन रहनुभएको छ ।

No comments: