News

Jun 13, 2008

सेनालाई राष्ट्रियकरण गर्ने नाममा सम्झौता नगर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रिय सेनाको रुपमा रहेको नेपाली सेनालाई राष्ट्रियकरण गर्ने नाममा नेपाली सेनाको स्वच्छन्दता, पवित्रता र एकतामा आँच आउने कार्य कहिल्यै नगरिने प्रधानसेनापति रुक्मांगत कटुवालले बताउनुभएको छ ।
सेना समायोजनको विषयमा कुरा उठिरहँदा प्रधानसेनापति कटुवालले सेना लोकतन्त्रको मुख्य प्रवर्द्धक र रक्षक हुने दाबी गर्दै नेपालका लागि एउटै केन्द्रीय शक्ति हुने बताएका छन् । राष्ट्रसंघीय शान्ति सेनामा नेपाली सेना पठाउन थालेको स्वर्ण जयन्तीका अवसरमा काभ्रेको पाँचखालमा आयोजित समारोहमा मन्तव्य दिने क्रममा उनले वस्तुपरक नागरिक नियन्त्रणको सार स्वाधिन सनिक व्यवसायिकताको सम्मान भएको बताए ।
प्रधानसेनापति कटुवालले नेपालका लागि एउटै केन्द्रीय शक्तिकेन्द्र भएमा सेना लोकतन्त्रको मुख्य प्रवर्द्धक र रक्षक रहने भएकाले शान्तिप्रक्रियामा तर्कसंगत निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए । नेपाली सेना बलियो आधारका रुपमा रहनेछ । जहाँमाथि भर्खरैको लोकतन्त्रले जरा हाल्न प्रस्फुटन हुन पाउनुपर्ने बताउँदै नेपाली सेना सधैं जनताका लागि विश्वव्यापी न्याय, स्वतन्त्रता र अधिकारको पक्षमा दरिलोसँग उभिएको जनाए । मन्तव्यको क्रममा सेनापति कटुवालले मानव अधिकारको हनन् सहनै नसकिने नीति लिएको दाबी गर्दै उनले त्यस्तो कहीँकतै भएको पाइए आफ्नो पक्षलाई पनि कडा कारबाही गर्ने बताए । माओवादीको नेतृत्वमा सरकार बन्ने तयारी भइरहँदा माओवादीको कटु आलोचना रहेका सेनापति कुटवालले जनादेश प्राप्त सरकारको आदेश सेनाले सधैं पालना गरेको उल्लेख गर्दै भने तर राष्ट्रको भौगोलिक अक्षुष्णता र सम्झौतामा कहिल्यै सम्झौता हुन नहुने प्रष्ट पारे ।

No comments: