News

Jun 15, 2008

इराकमा मारिएकाका परिवारलाई क्षतिपूर्ति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
झन्डै साढे तीन वर्षघि इराकमा हत्या भएका नेपालीका तर्फाट मुद्दा लडेका अमेरिकी वकिल म्याथ्यु ह्यान्ड्लीले नौ मृतकका परिवारलाई क्षतिपूर्ति रकमको केही अंश हस्तान्तरण गरेका छन् ।
ह्यान्ड्लीले मृतकका परिवारहरू केही दिनअघि काठमाडौंमै आएर रकम बुझेको शनिबार बताए । परिवारहरूले बुझेको रकमबारे उनले खुलाउन चाहेनन् । हत्या भएका १२ मध्ये ११ का तर्फाट अमेरिकामा मुद्दा दायर गरिएको थियो । अमेरिकी कानुनअनुसार क्षतिपूर्तिका लागि मुद्दा लड्न दुर्इ जना अयोग्य भएका थिए । नौ नेपालीका तर्फाट दायर मुद्दामा सफलता पाएका ह्यान्ड्ली गत सोमबार नेपाल आएका थिए । उनी अमेरिकी स्वयंसेवी संस्था पिसकोरका पूवस्वयंसेवक हुन् । उनले १९९८ मा कञ्चनपुरको जिल्ला प्राविधिक कार्यालयमा दई वर्षस्वयंसेवा गरेका थिए ।
पिसकोरका पूर्वनेपाली कर्मचारीको संस्थाले शनिबार वकिल ह्यान्ड्लीको सम्मानमा राजधानीमा कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रममा अमेरिकी राजदूत न्यान्सी जे पावेलले ह्यान्ड्लीलाई कदरपत्र प्रदान गर्दै सानो प्रयासले कानुनी शासनमा जनताले कसरी न्याय पाउछन् भन्ने कुराको शिक्षा प्रदान गरेको बताइन् । पावेलले सुरक्षा अवस्थामा सुधार नआएसम्म पिसकोर नर्फकने बताइन् । 'पिसकोर स्वयंसेवकहरू सुरक्षित हुने वातावरण हुनुपर्छ,' उनले कान्तिपुरसंग भनिन् । ह्यान्ड्लीले नेपालमा रहदा धेरै कुरा सिकेको उल्लेख गर्दै दुःखद् घटनाले गुन तिर्ने अवसर दिलाएको बताए । ह्यान्ड्लीले मारिएका नेपालीका तर्फाट मुद्दा लड्दा नेपाली संस्था 'नेपाल इस्न्टीच्युट फर डेभलपमेन्ट स्टडिज'(निड्स) को महत्त्वपूण सहयोग रहेको बताउदै सफलताको जस उक्त संस्थालाई पनि जानुपर्ने बताए ।

No comments: