News

Jun 16, 2008

नारायणहिटी संग्रहालयमा फोटो खिचाउने लहर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजाको दरबारबाट संग्रहालय बनेको नारायणहिटीको आँगनमा आइतबार दिउँसो धेरै नयाँ र थोरै पुराना पाइलाले टेके। औपचारिक रूपमा राष्ट्रिय झन्डा फहराइएको विशेष कार्यक्रमको स्मरण गर्न उपस्थित अधिकांशले नारायणहिटीलाई पछाडि पारेर आफूलाई उभ्याए, अनि क्यामेरामा समेटे।नारायणहिटीको आँगनमा फोटो खिचाउन रहर गर्नेको अग्रपंक्तिमा माओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टर्राई पनि हुनुहुन्थ्यो। आŠनी श्रीमती भौतिक योजना तथा निर्माणमन्त्री हिसिला यमीलाई औपचारिक कार्यक्रम सकिएलगत्तै लिएर अघि बढ्नुभएका डा. भट्टर्राई संग्रहालय अघिल्तिर टक्क उभिनुभयो। गृहमन्त्री खै -’ उहाँले कृष्णप्रसाद सिटौलालाई खोज्नुभयो। सिटौला आइपुगेपछि बीचमा सिटौलालाई राखेर भट्टर्राईले सञ्चारकर्मीसँग भन्नुभयो- शान्ति प्रक्रियालाई यहाँसम्म ल्याउनुमा सिटौलाजीको महत्त्वपर्ण हात छ। त्यसैले ऐतिहासिक फोटो खिचिहालौं।’वि.सं. २०२६ सालको एसएलसी मा बोर्ड फस्ट’ भएपछि २०२७ सालमा पुरस्कार लिन गएपछि दोस्रोपटक आइतबार आफू दरबार छिरेको भट्टर्राईले बताउनुभयो।मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले चाहिँ नारायणहिटीमा आइतबार पहिलो पाइला हाल्नुभएको थियो। उहाँले फोटो खिचाउँदा नेपाली कांग्रेसका उपसभापति गोपालमान श्रेष्ठ पनि सँगै उभिनुभएको थियो। एमाले महासचिव झलनाथ खनालसँग फोटो खिचाउन सभासद्हरूको दँडादौड नै चलेको थियो। औपचारिक कार्यक्रम शुरू नहुँदै गृहमन्त्री सिटौलासँग मुख्य सचिव, गृहसचिव र परराष्ट्र सचिव पनि फोटो खिचाउन उभिनुभएको देखिन्थ्यो।कांग्रेस नेतृ मीना पाण्डे लौन फोटोँ भन्दै हुनुहुन्थ्यो भने युवा नेतृ रामकुमारी झाँक्री दरबार पूरै आयो’ भनेर फोटोग्राफरलाई सोध्दै हुनुहुन्थ्यो। पूवसभामुख दमननाथ ढुंगानाले मञ्चमै क्यामेरा चलाउनुभयो।नेपालका लागि अमेरिकी राजदूत नान्सी जे पावेलले पनि लेन्स मिलाएर फोटो खिच्नुभयो। सञ्चारकर्मीहरू एकले अर्काको फोटो खिचाइरहँदा केहीले भने एमालेका पूवमहासचिव माधवकुमार नेपालसँग फोटो खिचाउने रहर गरेको देखियो।औपचारिक समारोह शुरू नहुँदै वनमन्त्री मातृका यादव र बिनाविभागीय मन्त्री सुजाता कोइराला आपसमा संवाद गर्दा हाँसोको फोहोरा छोडिरहनुभएको थियो भने त्यसले स्वाभाविक रूपमा सबैको ध्यान आकषिर्त गरेको थियो।

No comments: