News

Jun 17, 2008

राजधानीमा दिनदहाडै प्रहरीमाथि गोली चल्यो, र्सइ र हवल्दार घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आज दिनदहाडै राजधानीको ललितपुरमा अज्ञात समुहले चलाएको गोलीबाट प्रहरीका दुइ जना घाइते भएका छन् । ललितपुरको बटुकभैरव जाने बाटोको कोनबहालमा अचानक प्रहरीमाथि गोली चलाइएको हो । चोरी भएको खबर पाएर ललितपुरस्थित अपराध अनुसन्धान शाखाको प्रहरी टोली घटनास्थलतर्फजाने क्रममा बीच बाटोमा मध्याहृन साढे ११ बजे झगडा भइरहेको र त्यहाँ प्रहरीले झगडा मिलाउन खोज्दा अज्ञात समुहले गोली हानेको हो । गोली लागेर र्सइ प्रेम रेग्मी तथा हवल्दार घाइते भएका छन् । घटनाबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन ।

No comments: