News

Jun 10, 2008

रामराजाप्रसाद सिंह राष्ट्रपतिका योग्य उमेदवार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रामराजाप्रसाद सिंह राष्ट्रपतिका योग्य उमेदवार भएकाले उनैलाई राष्ट्रपति बनाउनुपर्ने बिचार माओवादी नेता तथा बन मन्त्री मात्रृका यादवले राखेका छन्। माओवादी केन्द्रीय सदस्य तथा बन मन्त्री मात्रृका यादवले राष्ट्रपतिका सबैभन्दा योग्य उमेदवार रामराजाप्रसाद सिंह भएको ठोकुवा गरेका छन् । जेठ २७ गते राजधानीमा आयोजित वर्तमान अवस्थामा राष्ट्रपति निर्वाचन' बिषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले जनमत संग्रह भए सिंहले ७५ प्रतिशत मत पाउने दावी गरे । 'हाम्रो पार्टी र रामराजा सिंहको सबै कुरा मिल्दैन, तर हामीलाई अहिले उहाँको सहयोग चाहिएको छ' यादवले भने । बन मन्त्री यादवले कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्रका आमा रत्न र हजुरआमा सरलालाई नारायणहिटीमा बासस्थान दिने सरकारको निर्णयलाई आफूहरुले सहमतिका लागि समर्थन जनाउनुपरेको दावी गरे । अहिले चलिरहेको दुई र तीन दलको बैठकमा पनि वाध्यत्मक सहमतिका लागि पार्टीको सहभागिता रहेको उनको भनाइ थियो । कार्यक्रममा बोल्ने कृष्णराज बर्मा, रामहरि जोशी, डा. मिना आचार्य, आनन्ददेव भट्ट र खगेन्द्र संग्रौलाले रामराजाप्रसाद सिंह नै राष्ट्रपतिका योग्य उमेदवार भएको बताएका थिए भने नेपाल बार यसोसियशनका अध्यक्ष बिश्वकान्त मैनालीले राष्ट्रपति छान्ने काम संविधानसभाको भएकाले त्यसबारे बोल्नु उपयुक्त नहुने धारणा राखेका थिए ।

No comments: