News

Jun 10, 2008

पूर्व राजा ज्ञानेन्द्र नारायणहिटी छाडेर जेठ २९ गते नागार्जुन दरवार जाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गृहमन्त्री कृष्णप्रसाद सिटौलाले पूर्व राजा ज्ञानेन्द्र जेठ २९ गते नारायणहिटी छाडेर नागार्जुन जानलागेको जानकारी दिएका छन् । पूर्व राजा ज्ञानेन्द्र नारायणहिटी छाडेर जेठ २९ गते नागार्जुन दरवार जाने भएका छन् । जेठ २८ गते रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री कृष्णप्रसाद सिटौलाले यो जानकारी दिएका हुन् । सिटौलाले २८ गते बिहान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग पूर्व राजाका सचिव पशुपतिभक्त महर्जनले ज्ञानेन्द्रले २९ गते दरवार छाड्न लागेको सूचना दिएको पनि उल्लेख गरे । पूर्व राजाले श्रीपेचलगायत महत्वपूर्ण सामाग्रीहरु सरकारलाई बुझाउनुपर्ने पनि कार्यक्रममा सिटौलाले जोड दिए । 'राष्ट्रको सामान बुझाउनुपर्छ तथा निजी सामानबारे पनि सरकारलाई जानकारी दिनुपर्छ' सिटौलाले भने । राजाका सामानको रेखदेख, जिम्मा लिने तथा जानकारी लिने जिम्मेवारी सरकारले सामान्य प्रशासन मन्त्रालयका सचिवको संयोजकत्वमा बनेको समितिलाई सुम्पिएको पनि सिटौलाले बताए । राजनीतिक दलहरुबीच अहिले मन्त्रालयको भागवण्डा, बिगतका सम्झौताहरुको पालना तथा नेपाली कांग्रेसले माओवादीसमक्ष राखेका ७ सर्तमा बिबाद भइरहेको र त्यसमा छलफल भइरहेको पनि सिटौलाले कार्यक्रममा जानकारी दिए । 'राष्ट्रपति कसरी चुनिनेबारे अझै छलफल नभएको र निश्कर्ष ननिस्किएकाले त्यसबारे हामीले चासो दिएका छैनौं र बिबाद पनि गरेका छैनौं' सिटौलाले दावी गरे ।

No comments: