News

Jun 18, 2008

राष्ट्रपति चयन सबैभन्दा बिबादस्पद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने तथा नबनाउने बिषय प्रमुख दलहरुको बैठकमा सबैभन्दा बिबादस्पद बिषय बनेको छ । मुलुकको राष्ट्रपति चयन प्रधानमन्त्री निवास बालुवाटारमा जारी प्रमुख दलहरुको बैठकमा सबैभन्दा बिबादस्पद बिषय बनेको छ । असार ४ गते बिहान बालुवाटार बैठक दलहरुबीचको शक्ति बाँडफाँडको बिबाद टुङ्ग्यान नसकेर स्थगित भएको थियो र अहिले बेलुका त्यही बिषयमा तीनै दलहरु त्यहाँ छलफल गरिरहेका छन् । राष्ट्रपति चयन शक्ति बाँडफाँडको महत्वपूर्ण मुद्धा रहेको बैठकमा उपस्थित नेताहरु बताउछन् । राष्ट्रपति चयनमा आफ्नो पार्टीको धारणा बनाउन संविधानसभाको तेश्रो ठूलो दल एमालेको स्थायी समिति बैठक असार ४ गते दिउँसो बसेको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई तथा माओवादीले रामराजाप्रसाद सिंहलाई राष्ट्रपति प्रस्ताव गरेको बेला एमालेले पनि आफ्नो नेतालाई राष्ट्रपति बनाउने सम्भावनाको खोजी गरेको बैठकपछि एक एमाले नेताले बताए । 'पूर्व महासचिव माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन माओवादीले अस्विकार गरेकाले सहाना प्रधानको सम्भावनाबारे बैठकमा चर्चा भयो' ति नेताले जानकारी दिए । माओवादीले प्रधानमन्त्री कोइरालालाई कुनै हालतमा राष्ट्रपति नस्विकार्ने अडान बैठकमै राखिरहेको छ भने नेपाली कांग्रेसले कोइराला नै राष्ट्रपति बनाउने चाहना दोहोर्‍याइरहेको छ । सेना समायोजनलगायत महत्वपूर्ण मानिएका बिषयमा सहमतिको सम्भावना बढेको भए पनि राष्ट्रपति चयनमा तत्काल सहमति हुने सम्भावना निकै कम रहेको पनि श्रोतको दावी छ।

No comments: