News

Jun 12, 2008

नेपाल सेनाको लोकतान्त्रिकरण हुनुपर्ने माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल सेनाको लोकतान्त्रिकरण हुनुपर्ने माग केही राजनीतिक दलहरुले गरिरहेको बेला प्रधानसेनापति रुक्माङ्द कटवालले सेनाको लोकतान्त्रिकरणको नाममा यसको स्वच्छता र अखण्डतामा सम्झौता हुननसक्ने बताएका छन् । प्रधानसेनापति रुक्माङ्गद कटवालले नेपाली सेनाको लोकतान्त्रिकरणको नाममा यसको स्वच्छता र अखण्डतामा कहिल्यै सम्झौता हुननसक्ने बताएका छन् । संयुक्त राष्ट्र संघको शान्ति सेनामा नेपाली सेनाको सहभागिता सुरु भएको स्वर्ण जयन्तीको अवशरमा जेठ ३० गते काभ्रे, पाँचखालमा आयोजित नेपाली सेनाको कार्यक्रममा बोल्दै प्रधानसेनापति कटवालले नेपाली सेना आफ्नो ब्यवसायिकताको दर्शनमा सहायक हुने गैरराजनीतिकरण र निश्पक्षतासहितको नागरिक नियन्त्रणमा बिश्वास गर्ने उल्लेख गरे । कार्यक्रममा उनले नागरिक नियन्त्रणको अर्थ भनेको सेनाको स्वायत्तता र ब्यवसायिकताको पहिचान भएको धारणा पनि राखे । कार्यक्रममा बोल्दै प्रधानसेनापति कटवालले नेपाली सेनाले जहिल्यै जनादेश पाएको बैधानिक सरकारको निर्देशन पालना गरेको बताए । तर, मुलुकको एकता, र्सार्वभौमिकतामा नेपाली सेनाले कहिल्यै सम्झौता नगर्ने पनि उनले त्यहाँ दोहोर्‍याए । कार्यक्रममा कटवालले नेपाली सेना लोकतन्त्र रक्षाका लागि प्रमुख प्रवर्द्धक हुने र एक मात्र शक्ति हुने पनि धारणा राखे । नेपाली सेना मानवअधिकार रक्षका लागि प्रतिबद्ध रहेको तथा मानवअधिकार हननलाई नेपाली सेनाले नसहने पनि उनले उल्लेख गरे । कार्यक्रममा कटवालले सेना जहिल्यै समावेशी रहेको तथा तोकिएको मापदण्ड पूरा गरेको जो कोही नेपालीले सेनामा भर्ति हुनसक्ने बताए ।

No comments: