News

Jun 14, 2008

पश्चिम बंगाल सरकारले आउँदो जुन १७ नेपालीभाषीलाई बैठकमा बोलाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतको दार्जिलिङ जिल्लामा नेपालीभाषी र बंगालीभाषीबीच बिहीबार झडप भएपछि पश्चिम बंगाल सरकारले आउँदो जुन १७ (असार ३ गते) मा र्सवदलीय बैठक बोलाएको छ। छुट्टै स्वायत्त राज्य गोर्खाल्यान्डको माग गर्दै आन्दोलन गरिरहेका नेपालीभाषी भारतीय नागरिकहरूले आ≈वान गरेको बन्द ६० घण्टाका लागि फिर्ता लिएपछि आमरा बंगाली र जनजागरण मञ्च नामक जातीय संस्थाले बिहीबार नेपालीमाथि आक्रमण गरेका थिए। थप हिंसा भड्कन नदिनका लागि पश्चिम बंगाल सरकारले र्सवदलीय बैठक बोलाएको शहरी विकास मन्त्री अशोक भट्टाचार्यले शुक्रबार नेपाल समाचारपत्रलाई बताउनुभयो।सिलिगुढीमा जातीय हिंसा बढेपछि राज्यका मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यले र्सवदलीय बैठक बोलाएको भए पनि छुट्टै राज्यको माग गर्ने गोर्खा जनमुक्ति मोर्चाले पूर्वसर्त नराखी औपचारिक निमन्त्रणा आए बैठकमा जाने मोर्चाका महासचिव रोशन गिरीले बताउनुभयो। थप हिंसा भड्कने सम्भावना देखेर त्यहाँ अहिले अर्धसैनिक बल परिचालन गरिएको प्रशासनलाई उद्धृत गर्दै सिलिगुढीका स्थानीय पत्रकार प्रमोद गिरीले जनाउनुभएको छ।उता बंगालीभाषीलाई हिंसामा उत्रन उक्साएको आरोप खेपिरहेका राज्य सरकारका एक मन्त्री तथा मार्क्सवादी कम्युनिस्ट पार्टी नेता अशोक भट्टाचार्यले बंगालीभाषीका जातीय संगठनहरूले नेपालीभाषी बसोबास गर्ने क्षेत्रमा आक्रमण गरेको स्वीकारेका छन्। उनले क्रमिक रूपमा सिलिगुढी क्षेत्रको स्थितिमा सुधार आएको समेत दाबी गरे।सिलिगुढीमा बिहीबार भएको हिंसा नियन्त्रण गर्न सुरक्षाफौजले २ राउन्ड हवाई फायर र ३० सेल अश्रुग्याससमेत प्रहार गरेको थियो। झडपमा परी नौ जना भारतीय प्रहरीसहित दर्जनौं घाइते भएका छन्।

No comments: