News

Jun 29, 2008

आफ्नै आमाद्वारा बेचिएकी एक युवतीको उद्दार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विवाहको नाटकगरी आफ्नै आमाद्वारा बेचिएकी एक युवतीको प्रहरी र माइती नेपाल कञ्चनपुरको संयुक्त प्रयासबाट शनिबार उद्दार गरिएको छ । महेन्द्रनगरबाट पत्रकार गणेश दत्त भट्टका अनुसार जिल्लाको कञ्चनपुरको दक्षिणी क्षेत्रस्थित लक्ष्मीपुर गाविस-२ चारघरुवाकी १४ वषिर्या मनिषा जैसीलाई भारतको पीलभितका छोटेलाल अग्रवालसँग विवाहको नाटक गरेर भारत पठाइएको थियो । माइती नेपालको पहलमा उनलाई पीलभितबाट उद्दार गरिएको हो । माइती नेपाल कञ्चनपुरकी संयोजक रीता भट्टर्राईले दिनुभएको जानकारीअनुसार मनिषालाई आमा जानकी जैसीले यही असार ८ गते छोटेलालसँग विवाह गर्राई पैसा असुलेकी थिइन् । बेच्नमा संलग्न आमा जानकी र छिमेकी पार्वती सार्कीलाई कारवाहीका लागि शनिबार जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको जिम्मा लगाएको छ । त्यस्तै रामकली सार्की र छोटेलाल अग्रवाल भने फरार रहेका छन् । मनिषालाई माइती नेपालले आफ्नो संरक्षणमा राखेको छ ।
ज्रि्रकाको जिम्मा लगाइएका दुबै जनाको विरुद्ध आइतबार जाहेरी दर्ता गरिने जनाइएको छ । दलाल छोटेलाल अग्रवाल यस बेला आफ्नो नाम बद्लेर गाउँमा आएको गाउँलेहरुलाई उदृत गर्दै संयोजक भट्टर्राईले बताउनुभयो । यसअघि पनि उसले गाउँलेका युवतीहरु जिस्क्याउने, लोभलालच देखाउने र मुर्म्बई गए बसी-बसी खान पाइने खालका आश्वासन बाडेको पक्राउ परेकी जानकीले बताइन् । गाउँलेहरुको प्रतिकारपछि ऊ त्यसबेला भागेको थियो । माइती नेपाल कञ्चनपुरले २०६४ बैशाखदेखि हालसम्म नेपाल-भारत सीमा क्षेत्रमा बेचबिखनका लागि पुर्‍याइएका २११ जना युवतीहरुको उद्धार गरेको छ । दिल्लीमा अलपत्र परेका र कुवेत पुर्‍याइएका १७ तथा घरेलु हिंसाका १६ महिलाहरुको माइती नेपालले उद्दार गरेको जनाइएको छ । मानव बेचबिखनका ५ र जवरजस्ती करणीका २ वटा मुद्धाहरु पनि उसले मिलाएको छ । तर, खोजतलासका ११७ मध्ये २३ वटा मात्र आफूले फेला पार्न सकेको र बाँकी बारे भने अझै थाहा नभएको संयोजक भट्टर्राईले बताउनुभयो । माइती नेपालले यो महिना मात्रै बेचिन लागेकी ३ जना युवतीको उद्दार गरेको छ । खुल्ला र वैकल्पिक सीमानाका कारण यस जिल्लाबाट प्रायः युवतीहरुलाई ललाइफकाई भारत लगिने गरिन्छ । माइती नेपाल, र्सभ नेपाल र साथी संस्था नेपाललगायतका संस्थाहरु चेलिवेटी बेचबिखनविरुद्ध जिल्लामा क्रियाशिल रहेका छन् ।

No comments: