News

Jun 19, 2008

हङकङमा यार्चागुम्बुको अवैध कारोबारमा रोक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
यार्चागुम्बुको अवैध कारोबारका कारण राजस्वमा ठूलो नोक्सानी पुगेपछि हङकङले व्यक्तिगत रूपमा हवाई मार्गबाट भित्र्याउन प्रतिबन्ध लगाएको छ। त्यहाँका जडिबुटी आयात गर्ने कम्पनीलाई यसबारे सरकारले पत्राचार गरेको छ । हङकङ पुलिस फोर्सका डेपुटी कमान्डर काल्भिन हुडले दिएको जानकारीअनुसार आधिकारिक कम्पनी, मागपत्र, कर तिरेको प्रमाण, चिनियाँ जडिबुटि विभागको आयात-अनुमतिपत्र, जडिबुटी कारोबारका लागि विश्व स्वास्थ्य संगठनले दिएको स्वीकृतिपत्र आदि भरपर्दा कागजातबिना यार्चागुम्बु लैजान कडा रोक लगाइएको हो। हङकङ पुलिस, विमानस्थल प्राधिकरण र अध्यागनम मिलेर यसमा कडा निगरानी सुरु गरेको उनले टेलिफोनमा कान्तिपुरलाई बताए । उनका अनुसार हङकङ विमानस्थल र चीनबाट छिर्ने नाका सेङसुइ, लोहु, सेङवान आदिमा सुरक्षाकर्मीसाथ पाँच/पाँच वटाका दरले जासुस कुकुर परिचालन गरिएको छ। नेपालमा मुख्यरूपमा पाइने यो हिमाली जडिबुटीको खास बजार हङकङ हो । तस्करी, मिसावट आदि बढ्दै गएपछि त्यहाँको सरकारले कडाइ गर्नुका साथै अनियमितता हेर्ने निकाय दि इन्डिपिन्डेन्ट कमिसन एगनेस्ट करप्सन (आईसीएसी) ले यसमा चासो राखेको उनले बताए।

No comments: