News

Jun 25, 2008

मालपोत प्रमुखलाई घुस लिइरहेको अवस्थामा पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,सङ्खुवासभा
जिल्ला मालपोत कार्यालय सङ्खुवासभाका प्रमुखलाई घुस लिइरहेको अवस्थामा रंगेहात नियन्त्रणमा लिई जिल्ला प्रशासनमा बुझाइएको छ। कार्यालय प्रमुख गोपाल सिवाकोटीले मंगलबार आफ्नै कार्यकक्षमा घुसलिँदै गर्दा नेकपा माओवादीका कार्यकर्ताहरुले नियन्त्रणमा लिएर बुझाएका हुन्। खाँदबारी -१३ का राजेन्द्रकुमार कुमाल र तुलाराम कुमालले आमा लक्ष्मी कुमालको नामको जग्गा नामासारी गराउन जाँदा सिवाकोटीले नमिल्ने भन्दै १५ हजार मागेका थिए। कुमालद्वयले उनले मागेको रकम दिन नसक्ने बताएपछि १० हजारमा मिलाएर लिँदै गर्दा माओवादी कार्यकर्ताहरु पुगेर सिवाकोटीलाई नियन्त्रणमा लिएका थिए।
सोमाबार लक्ष्मीका छोराहरु मालपोत कार्यालय गएको र काम नहुने बताएपछि मंगलबार काम मिलाई दिन भन्दै गएका थिए। कार्यालय प्रमुख सिवाकोटीले केही सहयोग नगरी काम नहुने भन्दै १५ हजारको मागेको र आफूहरुले १० हजारमा कुरा मिलाएको राजेन्द्र कुमालले बताए । सिवाकोटीले घुस मागेको जानकारी पाउने वित्तिकै माओवादी कार्य एवं वाईसीएल जिल्ला अध्यक्ष बिश्वासको समूह जिल्ला मालपोत गएको थियो । विश्वासले घुस लिँदै गरेको अवस्थामा हाकिमलाई नियन्त्रणमा लिइएको बताए।
घुसलिँदै गरेको अवस्थामा नियन्त्रणमा लिई बुझाइएका सापकोटाले गैह्रकानुनी काम गरेकाले उनलाई विभागीय कारबाही गरिने प्रजिअ मुकुन्द अधिकारीले बताए । अधिकारीले कारबाही प्रकृया अगाडि बढाउन यो घटनालाई मालपोत विभाग र मन्त्रालयमा जानकारी पठाउने जनाए । मंगलबारबाटै सिवाकोटीलाई कार्यालय प्रवेशमा रोक लगाई निमिक्तलाई जिम्मेवारी दिएकोसमेत उनले जानकारी दिए । प्रजिअले घुस लिनेलाई मात्र नभई दिनेलाई पनि कारवाही गर्ने बताए।
मालपोत प्रमुख सिवाकोटी भ्रष्टचारको काण्डमा परी प्रशासनमा पठाइएको यो तेस्रो पटक हो । उनलाई चारमहिना अघिमात्रै पनि घुस खाएको १२ हजार र जरिवाना तिरेका थिए।

No comments: