News

Jun 27, 2008

'राष्ट्रपति चयनपछि केही दिनमै नयाँ सरकार'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले राष्ट्रपतिको चयन भएपछि मात्रै नयाँ सरकार गठन हुने बताउनुभएको छ । व्यवस्थापिका संसदको हैसियतमा बसेको संविधानसभाको वैठकपछि सञ्चारकर्मीसित कुरा गर्दै उहाँले बिहीबार यस्तो बताउनुभएको हो । उहाँका अनुसार अबको दुइ चार दिनभित्र नयाँ सरकार गठन हुनेछ ।अब सात दलसहित संविधानसभामा प्रतिनिधित्व गर्ने २५ वटै दलहरुसित सहकार्य गरेर अघि बढ्ने उहाँले उल्लेख गर्नुभयो । सरकार गठनको कार्यक्रम करिब करिब घोषणा भइसकेको छ भन्दै प्रचण्डले भन्नुभयो- अब दुइचार दिन भित्रमा सरकार गठन हुन्छ । संविधान संशोधन भएपछि सबभन्दा पहिला राष्ट्रपतिको निर्वचान हुन्छ, त्यसपछि नयाँ सरकार बन्छ ।अहिलेको संवेदनशील स्थितिमा सहकार्य र एकताको विकल्प नभएको उहाँको भनाइ थियो । सहमतिको राजनीति कायम राख्न प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेको अपिल महत्वपूर्ण भएको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

No comments: