News

Jun 15, 2008

कांग्रेसका सर्त अनावश्यक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसले माओवादीसँगको सहकार्यका लागि राखेको ७ सर्त अनावश्यक रहेको माओवादी अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेसले राजनीतिक सहमतिका लागि अघि सारेको सात सर्त असान्दर्भिक भएको बताएका छन् । माओवादी भातृ संगठन मगरात मुक्ति मोर्चाले राजधानीमा असार १ गते आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अन्य दलहरुले अनावश्यक सर्तहरु अघि सारे पनि असार ४ गतेभित्रै सरकार गठन गरेर शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याउने प्रयास भइरहेको उल्लेख गरे । माओवादीलाई सरकार गठन गर्न दिए एक वर्षभित्र नयाँ संविधान बनाउने पनि दाहालले कार्यक्रममा दावी गरे ।

No comments: