News

Jun 27, 2008

माओवादी-एमालेबीचको गठबन्धनमा फाटो पर्ने सम्भावना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसलाई पाखा लगाएर माओवादी-एमालेबीच नयाँ गठबन्धनको सुरुवात भएपनि त्यो सम्बन्धमा चाँडै नै फाटो पर्ने सम्भावना देखिएको छ । शुक्रबार सिंहदरबारमा माओवादी अध्यक्ष प्रचण्ड र एमाले महासचिव झलनाथ खनालबीच भेटवार्ताका क्रममा माओवादीले राष्ट्रपतिका निम्ति पूर्व महासचिव मधव नेपालको विकल्प खोज्न आग्रह गरेको र एमालेले नेपालको विकल्प नरहेको भन्दै अडान लिएपछि एमाले-माओवादी सम्बन्धमा फाटो आउने सम्भावना देखिएको हो । माओवादी र एमालेबीच प्रधानमन्त्री र राष्ट्रपतिमा भागवण्डा भएपनि नामका विषयमा विवाद भने कायमै छ । माओवादीले माधव नेपालको विकल्पमा सहाना प्रधान वा सुवाचन्द्र नेम्वाङलाई राष्ट्रपति बनाउने खेलमा लागेको छ । यसअघि नेपाली कांग्रेससँगको समिकरणका बेला कांग्रेसले गिरिजाप्रसाद कोइरालाको विकल्प नदिएकाले समिकरण टुटेको थियो ।माओवादीसँगको वार्ताका क्रममा एमालेले माधव नेपालको विकल्प नरहेको बताए पनि हिजै बसेको स्थायी समितिको बैठकमा एमाले महासचिव झलनाथ खनालले राष्ट्रपतिमा माधव नेपालको विकल्प खोज्नुपर्ने स्थिति सिर्जना भएको बारे जानकारी गराएका थिए । हिजोको बैठकमा माओवादीले आफ्नो पार्टी नेता धान्ने प्रवृत्तिको कडा विरोध भएको थियो । बैठकमा माओवादीको इशारामा एमालेले नेताको नाम चयन गर्ने नभई पार्टी आफैले निर्णय गर्नुपर्ने बताएको बुझिएको छ ।

No comments: