News

Jun 11, 2008

प्रहरी टोलीमाथि आक्रमण, आठ बेपत्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वी पहाडी जिल्ला खोटाङ तथा आसपासका क्षेत्रमा सशस्त्र हतियारधारी समूहले सुरक्षाकर्मी तथा प्रहरी चौकी आक्रमणको निशाना बनाउँदै आएका छन् । यसैक्रममा खोटाङको विसुघाट मेलाको सुरक्षार्थ खटिएको प्रहरी टोलीमाथि अज्ञात समूहद्वारा आक्रमण भएको छ । प्राप्त जानकारीअनुसार जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट खटिएका ११ जना प्रहरी मेलाबाट फर्किनेक्रममा आक्रमण भएको थियो । अज्ञात समूहको आक्रमणबाट तीन प्रहरी घाइते भएका छन् भने आठ प्रहरी बेपत्ता भएको बुझिएको छ ।
आक्रमणकारी उक्त समूहले चार थान थ्री नट थ्री राइफल, एक नाल पेस्तोल र सञ्चारसेट समेत लुटेर लगेका छन् । मेलाको सुरक्षार्थ खटिएको प्रहरी टोलीमाथि आक्रमण भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट थप बल यसतर्फपरिचालन भएको छ । आक्रमण किराँत वर्कस पार्टीले गरेको आशंका गरिएको छ । यसअघि जिल्लाका चिसापानी, देविस्थान, दुक्नाचौरका प्रहरी चौकीमा आक्रमण तथा विभिन्न गाविस भवनमा किराँत वर्कस पार्टीले आक्रमण गरेको रहस्य खुल्यो ।

No comments: