News

Jun 24, 2008

सुरक्षापरिषद्मा विपक्षी नेता नराख्ने सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्रीनिवास बालुवाटारमा वार्ता नगर्ने गरी सात दलको बैठक अवरुद्ध भएको भोलिपल्ट सोमबार सिंहदरबारमा बसेको नेकपा (माओवादी) र एमालेका शीष नेतृत्वबीचको बैठकमा संविधान संशोधन गर्दा राष्ट्रिय सुरक्षापरिषद्मा विपक्षी दलको नेता नराख्ने सहमति भएको छ।
कोइराला नहटे अविश्वास प्रस्ताव
सुरक्षापरिषद्मा विपक्षी दलको नेता राख्नुपर्ने नेपाली कांग्रेसको अडानका कारण सात दलको बैठक निष्कर्षवहीन भएको थियो। सो वार्ता निष्कर्षवहीन भएपछि नेकपा (माओवादी) ले आइतबार गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहेसम्म बालुवाटारमा बैठक नबस्ने र त्यस्तो बैठक बसेमा माओवादीको उपस्थिति नहुने जानकारी गराएको थियो।नेपाली कांग्रेसको सुरक्षापरिषद्मा विपक्षी दलको नेता राख्नुपर्ने र नेकपा (माओवादी) को राख्नै हुन्न भन्ने अडानका कारण सात दलको बैठक अवरुद्ध भएको थियो। सोमबार माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको एमाले-माओवादी बैठकले सुरक्षापरिषद्मा अहिलेसम्म विपक्षी दलको नेता राख्ने चलन नभएकाले अब संविधान संशोधन गर्दा पनि पहिलाकै जस्तो व्यवस्था गर्ने निर्णय गरेको छ।संविधानसभा निर्वाचनपछि राजनीतिक निकासका लागि प्रमुख बाधक नेपाली कांग्रेस भएको र उसले राष्ट्रपति पद नपाउने भएपछि अनेक र्सत राखी बखेडा झिकेको निष्कर्षदुइ दलले निकालेका छन्। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टर्राईले नेपाली कांग्रेसले आफूले भनेको पद नपाएपछि देश भाडमै गए जाओस्’ भन्ने शैलीमा सत्तँलिप्सा देखाएर र्सत तेर्स्याएको आरोप लगाउनुभयो।निर्वाचनपछि तत्काल सत्तँ छोड्नुपर्ने प्रधानमन्त्री कोइरालाले पदमा टाँसिइराख्न विभिन्न षड्यन्त्र रचेको आरोप लगाउँदै माओवादी नेता देव गुरुङले अब पनि नछोडेमा संविधानसभाबाटै वैकल्पिक बाटो रोज्ने निष्कर्षा एमाले र माओवादीको नेतृत्व पुगेको जानकारी गराउनुभयो। नयाँ सरकार गठन गर्न मार्गप्रशस्त नगरिए अविश्वास प्रस्ताव ल्याउने, संविधान संशोधनको प्रस्ताव नलगे गैरसरकारी विधेयकमार्फ प्रस्ताव लैजानेसमेत दुइ दलमा सहमति भएको छ।दुइ दलबीच नेकपा (एमाले) ले राष्ट्रपति पदमा जो व्यक्ति ल्याए पनि स्वीकार गर्ने कुरामा पनि सहमति भएको तर माओवादीले अन्तिमसम्म पनि दलभित्रका प्रभावशाली व्यक्तित्वभन्दा पनि दलबाहिरबाट राष्ट्रपतिको नाम ल्याउन आग्रह गरेको बुझिएको छ। एमाले-माओवादीबीचको सहमति वामपन्थी ध्रुवीकरण नभई गणतन्त्रवादीबीचको ध्रुवीकरण भएको माओवादी नेता डा. बाबुराम भट्टर्राईले बताउनुभयो।नेकपा (एमाले) का महासचिव झलनाथ खनालले अब सबै विषयमा संविधानसभाबाटै निर्णयहुने जानकारी गराउनुभयो। उहाँका अनुसार एमालेले नेपाली कांग्रेससँग समेत छलफल शुरू गरिसकेको छ। सत्ता साझेदारीमा पनि सहमति खोज्नुपर्छ, त्यो सहमति भनेको कांग्रेसलाई राष्ट्रपति दिँदा मात्र हुने होइन’ -महासचिव खनालको भनाइ थियो।
कोइरालाको राजीनामा ११ गते’
यता नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले चाहिँ संविधानसभाको आगामी बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिने जानकारी गराउनुभयो। संविधानसभाको अर्को बैठक यही ११ गते बस्दै छ। डा. महतले सोमबार रिपोर्र्टर्स क्लबमा बोल्दै कांग्रेसले सत्तामा टाँसिरहन चाहेको नभई सहमति र सहकार्यको प्रयास मात्र गरेको बताउनुभयो।उहाँले माओवादीले र्सवसत्तँवादी चरित्र देखाएको आरोप लगाउँदै सुरक्षापरिषद्मा विपक्षी दलको नेता राख्नुपर्छ भन्नु बखेडा झिक्नु नभएको बताउनुभयो। सो कार्यक्रममा माओवादी नेता देव गुरुङले भने १५ वर्षो अधिकांश समय सत्ता रजाइँ गरेको कांग्रेसलाई सत्ता छोड्न गाह्रो भएको दाबी गर्नुभयो। एमाले नेता भीम रावलले एमालेले माओवादी र कांग्रेससँग छलफल गरेर नै अगाडि बढ्ने जानकारी गराउनुभयो।सोमबार नै नेकपा (एमाले) र नेपाली कांग्रेसका नेताहरूबीच पनि छलफल भएको र छलफल आज पनि हुने बताइएको छ। उता माओवादीले आगामी रणनीतिका बारेमा पार्टीत्रै पनि छलफल चलाएको बुझिएको छ।

No comments: