News

Jun 29, 2008

माओवादीलाई सरकारमा जान नदिन षडयन्त्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई सरकारमा जान नदिन षडयन्त्र भइरहेको दाबी गर्नुभएको छ । आफूहरु सहमतिमा अघि बढ्ने रणनीतिमा रहेको भए पनि कतिपय पक्षले माओवादीलाई सरकारमा जान नदिने उदेश्यका साथ षडयन्त्र गरिरहेको उहाँको भनाइ थियो । राजधानीमा आइतबार शेर्पा राष्ट्रिय मुक्तिमोर्चाको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।सर्वहारा वर्गको सरकार बन्न नदिन विदेशी प्रतिक्रियावादीले षडयन्त्र गरिरहेको प्रचण्डको भनाइ थियो । आगामी एक साताभित्रमा सहमति भइ राजनीतिक निकास ननिस्के आफूहरु देशव्यापी आन्दोलनमा लाग्ने चेतावनी पनि उहाँले दिनुभएको छ । एक मधेस एक प्रदेशको धारणाले आत्म निर्णयको अधिकार नसेमेट्ने र यस्तो कुराले साम्प्रदायिकता ल्याउने भन्दै यस्ता माग त्याग्न प्रचण्डले आग्रह गर्नुभयो ।

No comments: