News

Aug 4, 2008

कोरियामा अमानविय धडपकड

लिम्वूवान डट व्लगस्पोट डटकम,दक्षिण कोरिया
दक्षिण कोरिया कानुन मन्त्रालय अन्र्तगतका अध्यागमन विभागले अवैधानिकहरुलाई मनपरीतन्त्र तथा अमानविय तवरको धडपकडले सिमा नाघेको प्रवासी मजदुर युनियन एमटियुले जनाएको छ । गत ५ महिना देखि शुरु गरेको धडपकडमा अध्यागमन विभागले कत्ति धडपकड गर्यो भन्ने विषयमा हाल सम्म प्रकाशित नगरे पनि एमटियुले धडपकडमा परेकाहरुको तथ्यांक अनुसार ९ हजार लगभग पुगेको अनुमान गरिएको छ । एमटियुले अध्यागमन विभागको अमानविय धडपकडमा परेकाहरुको तथ्यांकको रिपोर्ट अनुसार गत ७ महिनाको ४ तारिखमा क्यङृगिदो मासक देखि ८ महिनाका गर्भवति भएकी फिलीपिन्स महिलालाई पक्राउ गरिएको र त्‍यसकै २ दिन पछि क्यङृगिदोको सिहुडबाट बच्चा जन्माएको ४ महिना भएका सुत्केरी महिलालाई जर्वरजस्ती पक्राउ र सोहि दिन ईन्छनबाट पनि गर्भवति भएका ४ महिना भएका भेयतनाम महिलालाई पनि पक्राउ गरेको थाहा भएको छ । त्यति मात्र नभएर गत ५ महिनाको ८ तारिखमा क्यङृनामको जंगलमा भाग्ने पाकिस्तानी नागरिकलाई ग्यांसको पिस्तौल देखाएर पक्राउ गरेको थियो । क्यङृगिदो मासकमा कार्यरत एक नागरिकले " अध्यागमन विभागले धडपकडको लागी ल्याएको बस नभरिन्जेल सम्म लगातार धडपकड गरेको " बताएको छ । कानुन मन्त्रालयले " अवैधानिकहरुलाई धडपकड गर्नु कानून नियम अनुसार सम्भाविक विषय भएको आउदो दिनहरुमा धडपकडलाई अझ कडा पार्ने " बताएको छ । कोरिया प्रवासी मजदुर मानवअधिकार संरक्षण सेन्टरका प्रतिनिधि छे हयन मोले " प्रवासी मजदुर सम्बन्धी वास्ताविक निति निर्धारण नै नगरी धडपकड र जर्वरजस्ती स्वदेश फिर्ता समस्याको समाधान नभई यो कोरिया सरकारको एक तर्फी निति मात्र हो भन्नु भयो ।

No comments: