News

Sep 1, 2008

तीनवटा नयाँ मन्त्रालय स्थापना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मन्त्रिपरिषद् बैठकले तीनवटा नयाँ मन्त्रालय स्थापना र एउटा मन्त्रालयको नाम परिवर्तन गरेको छ । मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार तीनवटा नयाँ मन्त्रालयमा संस्कृति तथा राज्य पुनसंरचना, युवा तथा खेलकुद र वाणिज्य तथा आपूर्ति मन्त्रालय स्थापना गरिएको छ ।यसअघि संस्कृति विषय पर्यटन तथा नागरिक उड्डयनसँग, खेलकुद विषय शिक्षासँग र वाणिज्य तथा आपूर्ति विषय उद्योगसँग रहेको थियो । यसैगरी पहिले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय रहेकामा परिवर्तन गरी कानुन, न्याय तथा संविधानसभा मन्त्रालय राख्ने निर्णय गरिएको सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले बताउनुभयो ।यस्तै मन्त्री र राजनेतालाई अन्तरराष्ट्रिय भ्रमणमा जाँदा दिइँदै आएको भैपरिआउने भत्ता र नेता भत्ता हटाउने निर्णय भएको छ । त्यसमा आवश्यक परेमा मन्त्रिपरिषद्ले केही व्यवस्था गर्ने निर्णय पनि भएको छ ।

No comments: