News

Sep 1, 2008

वामदेव गौतम उपप्रधानमन्त्री एवं गृहमन्त्री पदमा १२ वर्षपछि पुन आसीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एमाले वरिष्ठ नेता वामदेव गौतम उपप्रधानमन्त्री एवं गृहमन्त्री पदमा १२ वर्षपछि पुन आसीन हुन पुग्नुभएको छ । विसं २०५३ मा उहाँ लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रित्वको संयुक्त सरकारमा पनि उहाँ यही पदमा पदमा हुनुहुन्थ्यो ।उहाँ नेकपा एमाले स्थायी कमिटी सदस्य, पार्टीको मध्य तथा पश्चिमाञ्चल क्षेत्रीय समन्वय कमिटी प्रमुख तथा अखिल नेपाल किसान महासङ्घका अध्यक्ष हुनुहुन्छ । एकसठ्ठीय वर्षीय गौतमले विसं २०२१ मा नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरी पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो ।उहाँ विसं २०५१ मा एमालेका उपमहासचिव तथा २०५४ मा एमाले विभाजनपछि नेकपा मालेको महासचिव हुनुभएको थियो । वि.सं. २०५८ मा पुन एमाले केन्द्रीय कमिटी सदस्य हुनुभएका गौतम २०५९ मा सातौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । विसं २०४८ र ०५१ मा बर्दिया-१ बाट प्रतिनिधिसभा सदस्यमा उहाँ निर्वाचित हुनुभएको थियो । उहाँले २०३४-०३६ सम्म राजनीतिक बन्दी जीवन बिताउनुभएको थियो ।

No comments: