News

Sep 1, 2008

देशभरको शान्तिसुरक्षा प्रभावकारी हुन नसके गृह प्रशासनलाई नै कडा कारबाही

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले आज सोमबारदेखि नै राजधानी उपत्यकालगायत देशभरको शान्तिसुरक्षा प्रभावकारी हुन नसके गृह प्रशासनलाई नै कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ।उपप्रधानमन्त्री पदको शपथ लिएलगत्तै आइतबार मन्त्रालय पुग्नुभएका उपप्रधान एवम् गृहमन्त्री गौतमले जनतालाई राज्य संरचना नभएको महसुस भएको अवस्थामा सुरक्षा व्यवस्था मजबुत पार्न निर्देशन दिनुभएको हो।दुनियाँमै नभएको घटना भइरहेको छ, शान्तिसुरक्षा अत्यन्तै कमजोर भएको छ, ठूलाठूला अपहरण र हत्याका घटना बढिरहेका छन्’, गृह मन्त्रालयका तीनवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै उहाँले भन्नुभयो- आजदेखि नै सुरक्षास्थिति मजबुत हुनुपर्छ।’ँप्रहरी स्वयम्ले भ्रष्टाचार गरेका कारण देशमा आपराधिक गतिविधि बढिरहेको छ’, विगतमा भएका घटना कोटयाउँदै उहाँले भन्नुभयो- ँमैले जिम्मेवारी सम्हालेको छु, यस्ता गतिविधि नरोकिए प्रहरीमाथि तत्काल कारबाही गर्नेछु।’आफना मातहतका कुनै पनि कर्मचारी वा प्रहरी अधिकृतले मन्त्री वा नेता भेटेर उपहार दिने र स्वागत गर्ने काम गरे त्यस्तामाथि समेत कारबाही गरिने उपप्रधानमन्त्रीले चेतावनी दिनुभयो।साँझ साढे ६ बजे मन्त्रालय प्रवेश गरेका उपप्रधानमन्त्री गौतमललाई गृहसचिव उमेश मैनाली, तीनवटा सुरक्षा निकायका प्रमुख र मन्त्रालयका अधिकारीले स्वागत गरेका थिए।सो अवसरमा उहाँले ६ महिनाभित्रमा मुलुकमा जनताले पूर्ण शान्तिसुरक्षाको अनुभूति गर्ने ठोकुवा गर्नुभयो। उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले तीनवटै सुरक्षा निकायलाई आइतबार मन्त्रालयमा निर्देशन दिएलगत्तै रातिदेखि नै उपत्यकाको सुरक्षा कडा बनाइएको छ।

No comments: