News

Sep 4, 2008

नेपालका स्वतन्त्र रेडियोहरुले विशेष भूमिकाको निम्ति सरकारसँग माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

नेपालका स्वतन्त्र रेडियोहरुले नयाँ नेपाल निर्माणमा आफ्नो विशेष भूमिकाको निम्ति सरकारसँग माग गरेका छन् । महान जनआन्दोलनपछि बनेको प्रथम जननिर्वाचित सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका लागि स्वतन्त्र रेडियोहरुका तर्फबाट प्रस्तुत गरिएको सुझाव-पत्र मार्फत यस्तो माग गरिएको हो । स्वतन्त्र रेडियोहरुका तर्फबाट ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल ब्यान का पदाधिकारीहरुले आज सूचना तथा साचारमन्त्री कृष्णबहादुर महरा अर्थमन्त्री डा.बाबुराम भट्टराई र शान्ति तथा पुनःनिर्माण मन्त्री जनार्दन शर्मा प्रभाकर सँग छुट्टाछुट्टै भेट गरी सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमका निम्ति स्वतन्त्र रेडियोहरुका तर्फबाट सुझाव प्रस्तुत गरेका थिए । स्वतन्त्र रेडियोहरुका तर्फबाट दिइएको सुझावमा सरकारले नयाँ नेपाल सुहाउँदो साचार नीति ल्याउनुपर्ने स्वतन्त्र रेडियोहरुले महान जनआन्दोलनमा खेलेको भूमिका गणतन्त्र स्थापना र संविधानसभाको निर्वाचन सफल बनाउन गरेको योगदानको उचित कदर हुनुपर्ने स्वतन्त्र रेडियोहरुप्रति रहेको सरकारी भेदभावको अन्त्य हुनुपर्ने संविधानसभामा हुने बहस जनस्तरमा लैजान र जनताको कुरा सुन्न स्वतन्त्र रेडियोलाई जिम्मेवारी दिनुपर्ने संविधान प्रदत्त मौलिक हक र विकास निर्माणलगायत आर्थिक सामाजिक रुपान्तरणका निम्ति स्वतन्त्र रेडियोले गर्नसक्ने योगदानबारे विस्तृत विवरण प्रस्तुत गरिएको छ । स्वतन्त्र रेडियोहरुले ७ बुँदे माग राखी विगत लामो समयदेखि गरिरहेको आन्दोलनकै एक अङ्गको रुपमा प्रस्तुत गरिएको सुझावपत्रमा स्वतन्त्र रेडियोहरुका सबै माग पूरा गर्नसमेत माग गरिएको छ । ब्रोडकाष्टिङ एसोसियसन अफ नेपालका महासचिव विष्णुहरि ढकालको नेतृत्वमा गएको स्वतन्त्र रेडियोहरुको प्रतिनिधिमण्डलमा इन्द्रेणी एफएम वीरगाजका अध्यक्ष राजेन्द्रप्रसाद खनाल र रेडियो पालुङका कोषाध्यक्ष शम्भु सिंह कार्की हुनुहुन्थ्यो ।

No comments: