News

Sep 4, 2008

मन्त्रीहरु यमी र यादवद्वारा सपथग्रहण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपति डा. रामवरण यादवको समुपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुइ जना नवनियुक्त मन्त्रीहरूलाई बिहीबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।शपथ लिनुहुनेहरूमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री हिसिला यमी र भूमिसुधार तथा व्यवस्थामन्त्री मातृका यादव हुनुहुन्छ । उक्त अवसरमा उप-राष्ट्रपति परमानन्द झा, सभामुख सुवासचन्द्र नेम्बाङ, मन्त्रीहरू तथा सरकारका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति थियो । मन्त्री यमीले नेपाली भाषामा र मन्त्री यादवले मैथिली भाषामा शपथ लिनुभएको थियो । उहाँहरू यही भदौ १५ गते पुनर्गठित मन्त्रिपरिषद्को शपथ कार्यक्रममा अनुपस्थित हुनुहुन्थ्यो ।

No comments: