News

Sep 1, 2008

एमाले र माओवादी निकटका युवा संगठनबीच फेरि झडप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एमाले र माओवादी निकटका युवा संगठनबीच फेरि झडप भएपछि पूर्वी पहाडी जिल्ला धनकुटाको सदरमुकाममा सोमबार पुन कफर्यु लगाइएको छ । हिजो आइतबार भएको झपडपछि लगाइएको कफर्यु बिहान ६ देखि ७ बजेसम्मका लागि खुला गरिएको थियो । खुला गरिएको बेला युथ फोर्स र वाइसिएलबीच झडप भएपछि ७ बजेदेखि अनिश्चितकालीन कफ्र्यु लगाइएको स्थानीय प्रशासनले जनाएको छ । दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्री खरिद गर्नका लागि एक घण्टा कफ्र्यु हटाइएको प्रमुख जिल्ला अधिकारी प्रकाशप्रसाद पोखरेलले बताउनुभयो ।कफ्र्यु खुला गरिएको समयमा दुइ समूहबीच स्थानीय हुलाकटोलमा भएको भिडन्तमा वाइसिएलका दुइजना कार्यकर्ता घाइते भएका छन् । घटनालाई नियन्त्रणमा लिन आधा दर्जन अश्रु ग्यास छाडिएको प्रहरीले जनाएको छ ।

No comments: