News

Sep 1, 2008

नेकपा माओवादी आर्थिक क्रान्तिलाई अगाडि बढाउन प्रतिबद्ध - प्रधानमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा माओवादी आर्थिक क्रान्तिलाई अगाडि बढाउन र केही नयाँ कुरा गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले होटेल एसोसिएसन अफ नेपालको ३९ औँ साधारणसभा राजधानीमा उद्घाटन गर्दै देशको आर्थिक क्रान्तिलाई अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन, नयाँ संविधान समयमै निर्माण गर्न र देशको आर्थिक समृद्धि गर्न सरकार प्रतिबद्ध छ भन्दै उहाँले पुरानो सोच र प्रवृत्ति दोहोर्‍याएर सरकार गिराउने काम यदि कसैले गरेमा ऊ स्वयंले आफ्नो खुट्टामा बन्चरोले हानेको ठहरिने बताउनुभयो ।भावी सन्ततिलाई नयाँ नेपाल दिनसक्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले हजारौँ व्यक्तिको बलिदानपछि नयाँ नेपाल निर्माण गर्न आज हामी अग्रसर छौँ, यसमा सबैको सहयोग रहनु आवश्यक छ भन्नुभयो । प्रधानमन्त्रीले सरकारको नीति, कार्यक्रम र बजेट चाँडै ल्याइने जानकारी पनि दिनुभयो ।अर्थमन्त्री डा.बाबुराम भट्टराइले देश र जनताका निम्ति केही गर्न नेकपा माओवादी सरकारमा गएको बताउनुभयो । आफूहरु निजी स्वार्थ र भ्रष्टाचार गर्न सरकारमा नगएको बताउनुभयो । राजनीतिक क्रान्ति पुरा नभई आर्थिक क्रान्ति नहुने चर्चा गर्दै उहाँले देशको मुहार बदल्नका लागि सहकार्य गरी अघि बढ्न आवश्यक छ भन्नुभयो ।

No comments: