News

Sep 1, 2008

माओवादीभित्र असन्तुष्टि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्तँरूढ तीन दलको गठबन्धनमा हरेकबाट एक/एक जना उपप्रधानमन्त्री बनाइने चर्चा शनिबार चले पनि एकाएक नेकपा (एमाले) बाट वामदेव गौतमलाई मात्रै उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाइएपछि विशेष गरी माओवादीभित्र असन्तुष्टि देखापरेको छ। शनिबार एमालेबाट दोस्रो मर्यादाक्रममा गौतमलाई उपप्रधानमन्त्री र माओवादी तथा मधेसी जनअधिकार फोरमबाट क्रमशः डा. बाबुराम भट्टर्राई र उपेन्द्र यादवलाई उपप्रधानमन्त्री बनाइने भनिएको थियो। स्रँतका अनुसार असन्तुष्टिकै कारण माओवादीका डा. भट्टर्राई आइतबार नवनियुक्त मन्त्रीको शपथग्रहण समारोहमा समेत जानुभएको थिएन। नेपाल समाचारपत्रले पटकपटक उहासंग प्रयास गर्दा पनि सर्म्पर्क हुन सकेन।सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले चाहि परराष्ट्रमन्त्री यादव विदेश भ्रमणमा रहेकाले अहिले अन्य उपप्रम नबनाइए पनि पछि बनाउन सकिने बताउनुभयो। तर सत्तारूढ घटक एमालेका एक वरिष्ठ नेताले भने नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने- एमालेले पनि एक जना मात्रै उपप्रधानमन्त्री हुनुपर्छ भनेको हो। अब थप उपप्रधानमन्त्री हुने सम्भावना कम छ।’उपप्रधानमन्त्री र मर्यादाक्रम प्रकरणले माओवादीभित्र कार्यकर्ता पंक्तिमा समेत असन्तुष्टि देखिएको छ। डा. भट्टर्राई पक्षधर एक वरिष्ठ कार्यकर्ताले पार्टी केही मान्छेहरू डा. भट्टर्राईको तेजोवध गर्न लागिपरेको आरोप लगाए। उता दलित समुदायलाई बेवास्ता गरिएको प्रसंगमा समेत सत्तँरूढ घटकहरूमा असन्तुष्टि देखिएको छ।

No comments: