News

Sep 3, 2008

राजावादी थापा प्रचण्डका परराष्ट्र सल्लाहकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनलाई कूटनीतिक क्षेत्रबाट सहयोग जुटाउन प्रत्यक्ष भूमिका खेलेका परराष्ट्र मन्त्रालयका सहसचिव एवम् प्रवक्ता हीराबहादुर थापालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ ले आफनो कार्यालयमा वरिष्ठ परराष्ट्र विज्ञको जिम्मेवारी दिनुभएको छ। प्रधानमन्त्री प्रचण्डले सोमबारबाट थापालाई सो जिम्मेवारी दिनुभएको हो। थापा मंगलबारबाट नै प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हाजिर हुन थाल्नुभएको छ।प्रधानमन्त्री कार्यालयका अनुसार थापालाई विशिष्ठ श्रेणी (सचिव) सरहको सुविधा दिएर परराष्ट्रबाट लगिएको छ। थापाले अब प्रधानमन्त्री प्रचण्डको विदेश मामला सल्लाहकारको भूमिका पनि निर्वाह गर्नुहुने बुझिएको छ।पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको आडमा थापाले जनआन्दोलन-२ लाई र्समर्थन गर्ने परराष्ट्रका कर्मचारीहरूमाथि दुर्र्व्यवहार गर्नुभएको थियो।जनआन्दोलन २ का घाइतेको उपचारका निम्ति परराष्ट्र कर्मचारीले अर्थ संकलन गर्दा थापाले सहयोग सूची नै च्यातेर फालिदिनुभएको परराष्ट्र स्रोतले नेपाल समाचारपत्रलाई बतायो।जनआन्दोलन-२ को सफलतापछि आन्दोलनका दोषीबारे छानबिन गर्न गठित रायमाझी आयोगमा जनआन्दोलन दबाउन सक्रिय भूमिका खेलेको भनेर थापाविरुद्ध उजुरी परेपछि आयोगले पटकपटक बयानसमेत लिएको थियो।२०६२/६३ को जनआन्दोलनताका परराष्ट्र मन्त्रालयको कायममुकाम सचिव रहेका थापाले कर्फर्यु लगाइरहेका बेलामा पनि कुनै हालतमा मन्त्रालय आउनुपर्ने भनेर कर्मचारीलाई उर्दीसमेत जारी गर्नुभएको थियो। त्यस्तो अप्ठयारो बेलामा नआउनेको हाजिरकपीमा रातो चि³न लगाउने कामसमेत उहाँबाट भएको थियो।थापाको यो पृष्ठभूमि हुँदाहुँदै पनि केही अघि माओवादी पार्टी तर्फाट उहाँको नाम मलेसियाका लागि राजदूतमा सिफारिस गरिएको थियो तर जनस्तरबाट व्यापक आलोचना भएपछि उहाँको ठाउँमा डा. ऋषि अधिकारीलाई राजदूत नियुक्त गरिएको थियो।

No comments: