News

Sep 3, 2008

सिंहदरबारबाट सेना हट्ने नारायणहिटी संग्रहालय परिसरमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेका सेना मातहतका एकाइहरू नारायणहिटी संग्रहालय परिसरमा सारिने भएको छ। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाअर्न्तर्गतका केन्द्रीय निकायहरूलाई एकै ठाउँमा राख्ने गुरुयोजनाअर्न्तर्गत सेनाका एकाइहरू स्थानान्तरण गर्न लागिएको हो।स्थानान्तरण गर्न लागिएका एकाइहरूमा क्याब्लरी, ब्यान्ड गुल्म र उपत्यका पृतना हेडक्वार्टर श्रीजंग गण छन्। यसअगाडि उपयुक्त स्थान नभएको भन्दै सेनाले र्सन आनाकानी गर्दै आएको थियो। सेनाले स्थानान्तरणका लागि सहमति दिएलगत्तै सिंहदरबार सचिवालय पुनः निर्माण समितिले नयाँ योजना बनाएको छ।सोअनुसार सुरक्षा निकायलाई बस्ने व्यवस्था मिलाउन सिंहदरबारको पश्चिमउत्तर क्षेत्रमा सेना र पूर्वी गेटनजिकै प्रहरी राख्ने व्यवस्था गरिने भएको छ। समितिका प्रशासकीय अधिकृत रामप्रसाद बेलबासेले नयाँ गुरुयोजनाको खाका तयार भई मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भइरहेको बताउनुभयो। बेलबासेका अनुसार सेनाको हाल क्यँब्लरी रहेको स्थानमा सामान्य प्रशासन, गृह, रक्षा, स्वास्थ्य, विज्ञान तथा प्रविधि र श्रम मन्त्रालयको भवन निर्माण गरिनेछ। त्यसै गरी राष्ट्रिय सभा भवनअगाडिको खाली स्थानमा स्थानीय विकास र महिला, बालबालिका मन्त्रालयको भवन निर्माण गरिने जनाइएको छ। त्यसै गरी सर्वोच्च अदालत रहेको ठाउँमा सेनालाई राख्ने व्यवस्था गरेर क्याब्लरी रहेको क्षेत्रमा सर्वोच्च अदालत राखिने योजनामा उल्लेख छ।सिंहदरबारको सुरक्षाबाहेक अन्य सुरक्षा निकाय राख्दा धेरै ठाउँ ओगटिएको र प्रशासनिक केन्द्रभित्र घोडा पाल्दा फोहोर बढेको भन्दै सेना स्थानान्तरणको पटकपटक प्रयास भए पनि सेनाले मानेको थिएन। बदलिँदो परिस्थितिसँगै सेनाले र्सन स्वीकृति दिनुका साथै सिंहदरबारभित्रका सेना राख्ने वैकल्पिक स्थानको रूपमा नारायणहिटी दरबार सुझाएको छ।नारायणहिटीभित्र सेनालाई स्थानान्तरण गर्दा करिब २९ करोड ९४ लाख रुपियाँ लाग्ने भन्दै सो रकम व्यवस्था गराउन जंगी अड्डाले समितिलाई पत्र पठाइसकेको छ। सेनाले पठाएको पत्र रक्षामा पुगिसकेको र सोबारे छलफल भइरहेको रक्षा मन्त्रालय स्रोतले बतायो।

No comments: