News

Oct 3, 2008

इराकमा नेपाली युवक अपहरित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नौ महिनाअघि रोजगारीका लागि इराक गएका पूर्वी हिमाली जिल्ला ताप्लेजुङका एक युवक त्यहाँ अपहरणमा परेका छन् । गत भदौ २७ गते अपहरणमा परेकामा ताप्लेजुङको आम्बेगुदिन गाविसका चन्द्रप्रकाश डाँगी हुन् । उनका परिवारका अनुसार अपहरणमा परेदेखि उनी अपहरणकारीकै कब्जामा रहेको खबर आएको छ ।अपहरितका भाइ रत्नकुमारले सदरमुकाम फुङलिङमा बिहीबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएका हुन् । अपहरणकारीले १० हजार युरेा माग गरेको जानकारी समेत पाएको उनले बताए । परिवारले उनको मुक्तिका लागि पहल गर्न सरकारसित आग्रह गरेको छ ।

No comments: