News

Oct 3, 2008

माओवादीको भावी कार्यदिशा र संगठनात्मक संरचना तय गर्न वैठक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादीको भावी कार्यदिशा र संगठनात्मक संरचना तय गर्नका लागि आज शुक्रबारदेखि राजधानीमा केन्द्रिय समिति वैठक सुरु हुने भएको छ । डेढ महिनाअघि सत्तासीन माओवादीभित्र एक धारले लोकतान्त्रिक गणतन्त्रबाट जनगणतन्त्रमा जाने सवाललाई जोड दिने जनाइएको छ ।संक्रमणकालीन गणतन्त्र नयाँ संविधान लेख्दासम्म मात्र भएकाले भावी कार्यदिशा जनगणतन्त्र हुँदै समाजवाद उन्मुख हुनुपर्ने बहस पार्टीमा चलेको बताइएको छ । अन्य दलले माओवादीको जनगणतन्त्रलाई अधिनायकवाद सोचको उपज भएको भनी आलोचना गर्दै आएका छन् ।पार्टीको केन्द्रिय वैठकमा सरकार सञ्चालन, पार्टीका नेताहरुको जिम्मेवारी लगायत विभिन्न विषयहरुमा छलफल हुने जनाइएको छ ।

No comments: