News

Oct 4, 2008

प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्तारुढ प्रमुख घटक नेकपा माओवादीको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । पार्टी नेता दीनानाथ शर्माका अनुसार अध्यक्ष प्रचण्डको प्रस्तावमा तत्कालिक राजनीतिक परिस्थिति, पार्टीको आगामी कार्यदिशा, सरकार सञ्चालनविधि, केन्द्रीय सदस्यको कार्यविभाजन, महाधिवेशनको तिथिलगायतका विषय समेटिएका छन् ।उक्त राजनीतिक प्रतिवेदनमाथि शनिबारदेखि छलफल हुने जनाइएको छ । नेता शर्माले अध्यक्ष प्रचण्डको प्रस्तावमा जनगणतन्त्रलगायतका राजनीतिक विषय उल्लेख छैन भन्दै तर उहाँबाट पार्टीले लिने भावी कार्यदिशाका सम्बन्धमा जनगणतन्त्र वा अन्य प्रणालीका विषयमा विचारविमर्श हुनसक्ने बताउनुभयो ।शान्तिप्रक्रियामा पार्टीलाई लैजानेगरी भएको चुनवाङ र फूलबारी बैठकले पार्टीलाई सत्तामा पुर्‍याएको र अब हुन लागेको बैठक राजनीतिक रूपमा महत्वपूर्ण रहेको बताइएको छ ।

No comments: