News

Oct 3, 2008

सशस्त्र संघर्ष गरीरहेका १४ भूमिगत समूहले वार्ता गर्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराईमा सशस्त्र संघर्ष गरीरहेका १४ भूमिगत समूहले वार्ता गर्ने निर्णय गरेकै दिन सरकारले तीन सदस्यीय वार्ता समिति गठन गरेको छ। तराईमा सशस्त्र संघर्षरत समूहसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ। असोज १७ गते बसेको मन्त्री परिषदको वैठकले गठन गरेको तीन सदस्यीय वार्ता समितिमा शान्ति तथा पुनरनिर्माण मन्त्री जनार्दन शर्मा संयोजक तथा स्थानीय विकास मन्त्री रामचन्द्र झा र शिक्षा मन्त्री रेणुकुमारी यादव सदस्य रहेका छन्। तराईमा सशस्त्र संघर्ष गरिरहेका विभिन्न १४ वटा भूमिगत संगठनहरुले सरकारसँग सशर्त वार्ता गर्ने निर्णय गरेकै दिन सरकारले वार्ता समिति गठन गरेको हो। भारतको विहारमा एक सातादेखि जारी बैठकमा साझा मोर्चा बनाउने र सरकारसँग सशर्त वार्ता गर्ने लगायत १५ बुँदे सहमति भएको छ ।
आजको मन्त्री परिषदको वैठकले ७० वर्ष नाघेका तथा ५० प्रतिशत सजाय पुरा गरेका ३ सय ७२ जना कैदीलाई रिहा गर्ने निर्णय गरेको छ। यसैगरी राजनीतिक आस्थाका बन्दीहरुको मुद्दा फिर्ता गरेर रिहाई प्रक्रिया अगाडि बढाउने निर्णय भएको सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महराले जानकारी दिए।

No comments: